
जनकपुरधाम । उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री शेष अबुल कलाम अजादले आज पदभार ग्रहण गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभामा निर्वाचित सासद अजादले मंगलवार उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । यस अघि उनी समाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । तर तत्कालिन समाजिक विकास मन्त्रालयको नाम फेरिएपछि तत्कालिन समाजिक विकास मन्त्री सुरिता साहसँगै अजादपनि बिना विभागिय राज्यमन्त्रीको रुपमा रहेका थिए ।
गढीमाई नगरपालिका निवासी अजादसँग लामो समयदेखि राजनीतिकमा सक्रिय रहेका छन् । उनी तत्कालिन गाविस अध्यक्ष समेत भएका थिए । प्रदेश सभाको पहिलो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । दोस्रो पटक जनता समाजवादी पार्टीबाट प्रदेश सासदमा निर्वाचित भएका हुन् । रौतहट जिल्लामा इमन्दार र समाजसेविको छावि बनाएका नेता अजादलाई जसपाले जिम्मेवारी दिएपछि सो क्षेत्रका जनता हर्षित भएका छन् ।