LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । हाम्रो समाजमा अझैपनि यौनिकताको विषयमा खुलेर कुरा नगर्ने, यौन रोग भएको खण्डमा त्यसलाई लामो समय लुकाएर राख्ने लगायतका समस्याले मानवीय जीवनमा गम्भिर असर परिरहेको वेलामा महोत्तरीको भंगहा नगरपालिकामा वृहत्त यौनिकता शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा प्याक नेपालले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा वक्ताहरुले यौन शिक्षाको अवस्था,यौन शिक्षाको अभावमा देखिएको समस्या र त्यसलाई सुधार कसरी गर्ने लगायतका विषयमा धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा भंगहा नगरपालिकाका मेयर सन्जिब कुमार साहले हाम्रो समाज यौन शिक्षाको विषयमा अझै पनि संकुचित रहेकोले यसको विषयमा स्थानीय तहबाटै जनचेतना जगाउनुपर्ने बताए । वृहत्त यौन शिक्षाको विषय वस्तु तयार गरि आफ्नो पालिकाको पाठयक्रममा समावेश गर्ने उनले प्रतिवद्धता जनाए । आफ्नो पालिकामा संचालित वृहत यौनिकता शिक्षा परियोजनाले यो विषयमा जनचेतना जगाउन टेवा पुग्ने उनले बताए ।


कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले वृहत यौनिकता शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई यसको विषयमा जनचेतना जगाउनुपर्ने जोड दिए । यौन शिक्षाले बालबालिका, किशोरकिशोरी, तथ युवायुवतीमा यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि आवश्यक ज्ञान, महिला हिंसामा न्युनिकरण, विद्यालयमा हुने छात्रा हिंसामा कमि आउने उनको भनाई थियो । उनले स्थानीय तह, नागरिक समाज, विद्यालय, संघसंस्था तथा सरोकारवाला निकायहरुले यो विषयलाई गम्भिरता पुर्वक लिएको खण्डमा समाजमा यौनकतामा विषयमा रहेको संर्किण सोच हटेर जाने दावि गरे ।
वृहत यौनिकता शिक्षा परियोजना अन्तर्गत वृहत यौनिकता शिक्षाको माध्यमवाट किशोर तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ सुधार गर्न किशोर तथा किशोरी लक्षित अभिमुखिकरण तथा परियोजना संचालित विद्यालयका शिक्षक शिक्षिका आवश्यक तालिम दिईसकेको गुडनेवर्स इन्टरनेशनल नेपालका जनस्वास्थ्य प्रवन्धक रामनरेश यादवले वताए । यौनिकता सम्बन्धि संकुचन सोचमा परिवर्तन ल्याउन स्थानिय तहहरुले विभिन्न योजनाहरु बनाई त्यसलाई कार्यान्वयमा ल्याउनुपर्नेमा उनले जोड दिए ।
महोत्तरीको वर्दिवासमा आयोजना गरिएको तीन दिने सो अभिमुखिकरण कार्यक्रममा भंगहा नगरपालिका मेयर, उपमेयर,वडाध्यक्षहरु तथा लक्षित वर्ग किशोरी किशोरी , विद्यालयका प्रतिनिधी, सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्याक नेपालका सहसचिव राजेन्द्र यादवले अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खबर