LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यहरुलाई एप्रुभल रेटिङ गराएका छन् ।
प्रदेश सासदहरुले निर्वाचित भएदेखि अहिले सम्म गरेको काम कारर्वाहीको विषयमा जनमतले शनिवार विहान १० देखि ५ वजे सम्म पार्टीका सक्रिय कार्यकर्ताद्वारा एप्रुभल रेटिङ अर्थात अनुमोदन मुल्यांकनको गराएको हो । मधेश प्रदेशका जनमतको समानुपतिक सहित १३ जना र लुम्बनिमा ३ जना गरि १ट जना प्रदेश सासद रहेको छ ।
१६ जना प्रदेश सासदले अहिले सम्म गरेको कामकारर्वाहीको मुल्यांकनको लागि पार्टीले आन्तरिक मतदान गरिएको पुर्व मन्त्री तथा पार्टीका उपाध्यक्ष बसन्त कुश्वाहाले जानकारी दिए । सासदहरुले निर्वाचित भएदेखि अहिले सम्म गरेको काम सन्तोष जनक छ÷छैन, सासदले आफ्नो क्षेत्रको जनताको बीचका कतिको जाने गरेका छन् ? लगायतका विषयमा मुल्यांकन गर्न मतदान गरिएको उनले बताए ।


मतदानमा पार्टीका सक्रिय सदस्यहरु सहभागि भएको उनले बताए । पार्टीका सदस्यहरुले नै ति सासदहरुको मतदान मार्फत अनुमोदन मुल्यांकन गरेको उनको भनाई थियो । प्रदेश सासदको लागि अनुमोदन मुल्यांकन पहिलो पटक हो, उनले भने,‘यसमा कमिकमजोरी भएकोलाई सुधार गर्ने मौका पाउँछन् । दोस्रो पटक एक वर्षपछि पुनः अनुमोदन मुल्यांकन हुन्छ त्यसमा ५१ प्रतिशत भन्दा कम मत ल्याएको खण्डमा त्यस्ता राईट टु रिकलको प्रवधान लागु हुने उनले बताए ।
शनिवार भएको अनुमोदन मुल्यांकन मतदानमा पार्टीका साढे तीन हजार सक्रिय सदस्यहरु सहभागि भएको उनले बताए । यस अघि जनत पार्टीले आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि एप्रुभल रेटिङ अर्थात अनुमोदन मुल्यांक गराएको थियो । त्यसमा २१ जना पास भएका थिए भने १ जना फेल भएका थिए ।

सम्बन्धित खबर