LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यहरुलाई एप्रुभल रेटिङ गराएका छन् ।
प्रदेश सासदहरुले निर्वाचित भएदेखि अहिले सम्म गरेको काम कारर्वाहीको विषयमा जनमतले शनिवार विहान १० देखि ५ वजे सम्म पार्टीका सक्रिय कार्यकर्ताद्वारा एप्रुभल रेटिङ अर्थात अनुमोदन मुल्यांकनको गराएको हो । मधेश प्रदेशका जनमतको समानुपतिक सहित १३ जना र लुम्बनिमा ३ जना गरि १ट जना प्रदेश सासद रहेको छ ।
१६ जना प्रदेश सासदले अहिले सम्म गरेको कामकारर्वाहीको मुल्यांकनको लागि पार्टीले आन्तरिक मतदान गरिएको पुर्व मन्त्री तथा पार्टीका उपाध्यक्ष बसन्त कुश्वाहाले जानकारी दिए । सासदहरुले निर्वाचित भएदेखि अहिले सम्म गरेको काम सन्तोष जनक छ÷छैन, सासदले आफ्नो क्षेत्रको जनताको बीचका कतिको जाने गरेका छन् ? लगायतका विषयमा मुल्यांकन गर्न मतदान गरिएको उनले बताए ।


मतदानमा पार्टीका सक्रिय सदस्यहरु सहभागि भएको उनले बताए । पार्टीका सदस्यहरुले नै ति सासदहरुको मतदान मार्फत अनुमोदन मुल्यांकन गरेको उनको भनाई थियो । प्रदेश सासदको लागि अनुमोदन मुल्यांकन पहिलो पटक हो, उनले भने,‘यसमा कमिकमजोरी भएकोलाई सुधार गर्ने मौका पाउँछन् । दोस्रो पटक एक वर्षपछि पुनः अनुमोदन मुल्यांकन हुन्छ त्यसमा ५१ प्रतिशत भन्दा कम मत ल्याएको खण्डमा त्यस्ता राईट टु रिकलको प्रवधान लागु हुने उनले बताए ।
शनिवार भएको अनुमोदन मुल्यांकन मतदानमा पार्टीका साढे तीन हजार सक्रिय सदस्यहरु सहभागि भएको उनले बताए । यस अघि जनत पार्टीले आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि एप्रुभल रेटिङ अर्थात अनुमोदन मुल्यांक गराएको थियो । त्यसमा २१ जना पास भएका थिए भने १ जना फेल भएका थिए ।

सम्बन्धित खबर