LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन केन्द्रिय कार्यालयले बिमाको नाउँमा पेट्रोलियम व्यवसायीहरुसँग अवैधानिक रुपमा रकम असुली रहेको पाईएको छ ।
एशोसिएनले पेट्रोलियम व्यवसायीहरुसँग आफुखुसी मनमौजि बिनाको रकम असुल गरि नेपाल सरकारको राजस्व समेत छलिरहेको पाईएको छ । नेपाल आयल निगमको डिप्पोबाट कुनै पेट्रोलियम व्यवसायीले इन्धन खरिद गरि आफ्नो पम्पमा ढुवानी गर्दा इन्धनको बिमा गराउने गर्छन । कुनै पनि व्यवसायीले कुनै बस्तुको बिमा गराउदाँ त्यसको अनलाईन भ्याटसहितको बिल उपलब्ध गराउनुपर्ने प्रवधान छ । तर एशोसिएनले बिना भ्याटको बिमा रसिद दिएर व्यवसायीहरुसँग अवैधानकि रुपमा रकम असुली रहेको छ ।

एशोसिएनले डिप्पोबाट इन्धन ढुवानी गर्ने प्रत्येक ट्रंयाकरबाट एक पटक कम्तिमा ५ सय देखि १ हजार सम्म रकम असुल गर्दै आएको छ । यसरी एशोसिएनले धनुषा र महोत्तरी मिलाएर दैनिक ३५ देखि ५० वटा ट्रंयाकरसँग रकम असुल गर्दै आएको छ ।
यसरी एशोसिएनले रंगदारी हिसाबले मानसिक पाँच लाखभन्दा बढी रकम धनुषाको महेन्द्रनगर डिप्पोबाट इन्धन खरिद गर्ने व्यवसायीहरुसँग असुल गर्दै आएको छ । एशोसिएनले डिप्पोको परिसरमै कार्यालय संचालन गरि रकम असुल गर्दै आएको थियो । तर बिना गर्ने मान्यता प्राप्त एक कम्पनीले बिमा सम्बन्धी कार्य थालेपछि एशोसिएनको रंगदारी सार्वजनिक भएको एक व्यवसायीले बताए ।

एशोसिएनले लामो समयदेखि गर्दै आएको अवैधानिक कार्य वारे सार्वजनिक भएपछि एशोसिएनको कार्यालयलाई डिप्पोको परिसरबाट हर्टाइएको छ । डिप्पोको परिसरबाट हटाइएपनि एशोएिसनले डिप्पोको अगाडी कार्यालय संचालन गरेर अझै पनि उक्त कार्य गर्दै आएको छ ।


एशोसिएनले बिनाको नाममा हामीसँग प्रत्येक ढुवानीमा ५ सयदेखि १ हजार सम्मको रसिद दिन्थो, उनले भने, तर भ्याट सहितको बिल कहिले दिएनन्, माग्दा यहि रसिद हो भनेर पठायौ थियो, डिप्पोको परिसरमै संचालन भएकोले खासै चासो राखेन । निको भने बिना कम्पनीले यहाँ काम सुरु गरेपछि मात्रै यो कुरा हामीले थाहाँ पायौँ ।’
एसोसिएसनले बिमाको रकम उठाउन रोशन गुप्तालाई जिम्मेवारी दिएको छ । गुप्ताले भने,‘ बिमाको रकम उठाउन एशोसिएनको काठमाण्डौबाट रसिदको ठेली आउँछ, त्यहीबाट आएको दर रेटमा व्यवसायीसँग बिमाको रकम उठाएर त्यही पठाउछौ । बाँकी अरु मलाई केहि थाहाँ छैन । तपाईलाई थप जानकारी चाहिएको खण्डमा एशोसिएनको अध्यक्ष नारद प्रसाद भण्डारीलाई फोन गरेर बुझनुस् ।’
यता, अध्यक्ष भण्डारीले एशोसिएनले लामो समयदेखि बिनाको रकम उठाउदै आएको बताए ।

एशोसिएनले बिना प्रधाकिरणको एजेण्टको अनुमति लिएको दावि गर्दै उनले भने,‘यो धनुषामा मात्र नभई धेरै ठाउँमा हामीले इन्धन ढुवानीको बिना गर्दै आएका छौ ।’ एक प्रश्नमा उनले भने,‘ बिनाको लागि अनलाईन वा भ्याट सहितको बिल आवश्यक छैन । हामी बिमा प्राधिकरणसँग समन्वय गरेर काम गरिरहेका छौ ।’
यता, नेपाल आयल निगम लिमिटेड इन्धन डिपो प्रमुख दिलिपकुमार चौधरीले पेट्रोलियम पद्धार्थ ढुवानी गर्ने गराउने कार्य व्यवसायीहरुको रहेकोले त्यसमा डिप्पोको खासै चासो नरहेको बताए । लामो समयदेखि एशोसिएनको नाममा व्यवसायीहरुले बिनाको रसिद लिएर आउने गरेको थियो, उनले भने, अहिले एक एक कम्पनिले बिना गरिरहेको छ, को सँग बिना गराउँछन त्यो व्यवसायीको स्वतन्त्रता हो, हामीले भन्न मिल्दैन । फेरिपनि बिमा गराउनै पर्छ भनेर अनिर्वाय प्रवधान होईन । व्यवसायीले आफ्नो व्यवसाय सुरक्षाको लागि इन्धनको बिमा गराउने हो ।’

सम्बन्धित खबर