LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । छोरा छोरी बीचको विभेदको कारण मधेश प्रदेशका लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा विभिन्न सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र युएनएफपिएको प्राविधिक सहयोगमा जनसंख्या र विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन १९९४को ३० वर्षिय समिक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यत्रममा वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
मधेश प्रदेशमा लिङ्ग पहिचान गरि गर्भपतन गराउने, छोरा छोरी बीचको विभेद कायम रहेको लगायतका कारण लैङ्गिक सन्तुलनमा असर परेको कार्यक्रममा सहभागि वक्ताहरुले बताएका छन् । कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार मधेश प्रदेशमा १ सय छोरीमा १ सय १४ जना छोराको जन्म हुने गरेको उल्लेख छ । नेपालमा औसत रुपमा १ सय महिलामा ९६ जना पुरुष रहने गरेको छ । यस हिसाबले मधेशका छोरा छोरी बीचको विभेद पछिल्लो समय बढ्दै गएको छ । मधेशमा यस्तो अवस्था आउनुमा कारण गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु प्रमुख रहेको वक्ताहरुको भनाई छ ।
कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न हरेक क्षेत्रबाट पहल हुनु पर्ने बताउदै उनले सन्तुलित जनसङ्ख्याले मुलुकको विकास निर्माणमा टेवा पुग्ने बताए ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकको अध्यक्षता सम्पन्न कार्यक्रममा महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति तथा विभिन्न सरोकारवाला निकायबाट प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर