LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एक पछि अर्को भष्टाचार घटनाहरु सार्वजनिक भएपछि अन्तराष्ट्रियमा नेपालको बदनाम भएको बताए ।
पार्टीको एक कार्यक्रममा सहभागि हुन विहिवार जनकपुर आईपुगेका नेता कोईरालाले आयोजित पत्रकार सम्मेलनमा मुलुक अन्तराष्ट्रिय स्तरमा भ्रष्टाचारको अखाडा बनेको टिपण्णी गरे ।
मुलुकमा भुटानी शणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्ड लगायतका घटनाले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेको बताउदै नेता कोईरालाले भने,‘यस्ता घटनाको सत्थतथ्य र सुक्षम तरिकाले अनुसार गरि वास्तविकता सार्वजनिक गर्नुपर्छ ।’ यस्ता विभिन्न घटनाले अन्तराष्ट्रिय नेपालको साख गिरेको बताउदै उनले नेपालको साख जोगाउन अहिलेको आवश्यकता रहेको र त्यसमा नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरु गम्भिर हुनु पर्ने बताए ।
नेपाल अन्तरराष्ट्रिय स्तरको सुन तस्करीको अखाडा बनिसकेको र आफुले सोही अनुसारले बुझेको उनको भनाई थियो । आवश्यकता भन्दा कम सुन नेपालमा आयात भइरहेको र बाँकी सुन तस्करीबाट पुरा हुने गरेकोले पनि सुन तस्करी बढेको उनको तर्क छ । भारतमा मात्र १३ टन सुनको खपत हुने गरेकोमा ७÷८ टन सुन मात्र आयात हुदैआएको उल्लेख गर्दै उनले भारतसहित अन्य विभिन्न देशको लागि नेपाल सुन तस्कारीको ट्रान्जिट मुलुमा परिणत भएको उनले दावि गरे ।
अर्को प्रशंगमा उनले नेपाली कांग्रेस सरकारमा सहभागि भएको तिन महिना मात्र भएकाले यसको मुल्यांकन तत्काल गर्न नसकिने बताए । तर विभिन्न काण्डहरुले नेपालको दविमा खराब भएको उनले बताए ।

सम्बन्धित खबर