LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एक पछि अर्को भष्टाचार घटनाहरु सार्वजनिक भएपछि अन्तराष्ट्रियमा नेपालको बदनाम भएको बताए ।
पार्टीको एक कार्यक्रममा सहभागि हुन विहिवार जनकपुर आईपुगेका नेता कोईरालाले आयोजित पत्रकार सम्मेलनमा मुलुक अन्तराष्ट्रिय स्तरमा भ्रष्टाचारको अखाडा बनेको टिपण्णी गरे ।
मुलुकमा भुटानी शणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्ड लगायतका घटनाले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेको बताउदै नेता कोईरालाले भने,‘यस्ता घटनाको सत्थतथ्य र सुक्षम तरिकाले अनुसार गरि वास्तविकता सार्वजनिक गर्नुपर्छ ।’ यस्ता विभिन्न घटनाले अन्तराष्ट्रिय नेपालको साख गिरेको बताउदै उनले नेपालको साख जोगाउन अहिलेको आवश्यकता रहेको र त्यसमा नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरु गम्भिर हुनु पर्ने बताए ।
नेपाल अन्तरराष्ट्रिय स्तरको सुन तस्करीको अखाडा बनिसकेको र आफुले सोही अनुसारले बुझेको उनको भनाई थियो । आवश्यकता भन्दा कम सुन नेपालमा आयात भइरहेको र बाँकी सुन तस्करीबाट पुरा हुने गरेकोले पनि सुन तस्करी बढेको उनको तर्क छ । भारतमा मात्र १३ टन सुनको खपत हुने गरेकोमा ७÷८ टन सुन मात्र आयात हुदैआएको उल्लेख गर्दै उनले भारतसहित अन्य विभिन्न देशको लागि नेपाल सुन तस्कारीको ट्रान्जिट मुलुमा परिणत भएको उनले दावि गरे ।
अर्को प्रशंगमा उनले नेपाली कांग्रेस सरकारमा सहभागि भएको तिन महिना मात्र भएकाले यसको मुल्यांकन तत्काल गर्न नसकिने बताए । तर विभिन्न काण्डहरुले नेपालको दविमा खराब भएको उनले बताए ।

सम्बन्धित खबर