LIVE
सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन | ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र |

जनकपुरधाम । नेपाली क्रिकेट टिम पहिलो पटक एसिया कपमा क्रमश पाकिस्तान र भारतीय क्रिकेट टिमसँग खेल्न पाउदाँ नेपाली जनता हर्षित भएका छन् ।
एसिया कपको म्याच खेल्न नेपाली क्रिकेट टिम यतिवेला पाकिस्तानमा छ । सँधै अन्य देशहरुको खेल देखर पक्ष विपक्षमा लाग्ने नेपाली जनता अव आफ्नै देशको खेलाडी अन्य देशका खेलाडीसँग खेलेको देख्ने अवसर पाउदाँ त्यसको आनन्द बेग्लै हुन्छ । नेपाली क्रिकेट टिम विश्व कप विजेता देशहरुसँग म्याज खेल्न पाएकोमा खुसी हुदै जनकपुरधामका एक मासु पसलले ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेका छन् ।
जनकपुरधामको माछा बजार नजिकै रहेको साजिद चिकेन पसलले एशिया कपमा नेपाली क्रिकेट खेलाडी खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेका छन् । बजारमा कुखुराको मासु प्रति किलो ४ सय सम्म रहेको वेला साजिद चिकेन पसलका संचालक साजिद हुसेनले एशिया कपको अवधि सम्मको लागि प्रति किलो ३ सयको दरले आफ्ना ग्राहकहरुलाइृ मासु विक्रि गर्ने घोषणा गरेका छन् ।
हुसेनले पसल अगाडी झुण्डिआएको ब्यानरमा एशिया कपमा नेपाली क्रिकेट टिम पहिलो पटक खेल्ने भएकोले ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको उल्लेख छ । हुसेनले भने,‘नेपाल एशिया कपमा म्याज खेल्न पाउँदा सबै हामी नेपाली गौर्वान्ति भएका छौ । यो खुसीको क्षणलाई सबैले आ–आफनै किसिमले मनाउछन् । तर म आफ्ना ग्राहकहरुलाई मासुमा विशेष छुट दिएर खुसी मनाउँछौ । ताकी गरिब भन्दा गरिबले पनि यो उत्सवलाई भव्य रुपमा बनाउन सकोस् ।

सम्बन्धित खबर