LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

जनकपुरधाम । नेपाली क्रिकेट टिम पहिलो पटक एसिया कपमा क्रमश पाकिस्तान र भारतीय क्रिकेट टिमसँग खेल्न पाउदाँ नेपाली जनता हर्षित भएका छन् ।
एसिया कपको म्याच खेल्न नेपाली क्रिकेट टिम यतिवेला पाकिस्तानमा छ । सँधै अन्य देशहरुको खेल देखर पक्ष विपक्षमा लाग्ने नेपाली जनता अव आफ्नै देशको खेलाडी अन्य देशका खेलाडीसँग खेलेको देख्ने अवसर पाउदाँ त्यसको आनन्द बेग्लै हुन्छ । नेपाली क्रिकेट टिम विश्व कप विजेता देशहरुसँग म्याज खेल्न पाएकोमा खुसी हुदै जनकपुरधामका एक मासु पसलले ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेका छन् ।
जनकपुरधामको माछा बजार नजिकै रहेको साजिद चिकेन पसलले एशिया कपमा नेपाली क्रिकेट खेलाडी खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेका छन् । बजारमा कुखुराको मासु प्रति किलो ४ सय सम्म रहेको वेला साजिद चिकेन पसलका संचालक साजिद हुसेनले एशिया कपको अवधि सम्मको लागि प्रति किलो ३ सयको दरले आफ्ना ग्राहकहरुलाइृ मासु विक्रि गर्ने घोषणा गरेका छन् ।
हुसेनले पसल अगाडी झुण्डिआएको ब्यानरमा एशिया कपमा नेपाली क्रिकेट टिम पहिलो पटक खेल्ने भएकोले ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको उल्लेख छ । हुसेनले भने,‘नेपाल एशिया कपमा म्याज खेल्न पाउँदा सबै हामी नेपाली गौर्वान्ति भएका छौ । यो खुसीको क्षणलाई सबैले आ–आफनै किसिमले मनाउछन् । तर म आफ्ना ग्राहकहरुलाई मासुमा विशेष छुट दिएर खुसी मनाउँछौ । ताकी गरिब भन्दा गरिबले पनि यो उत्सवलाई भव्य रुपमा बनाउन सकोस् ।

सम्बन्धित खबर