LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९।०८० मा लक्ष्य पुरा गर्न सकेनन् । गत आवमा वार्षिक लक्ष्य ४९ करोड ४४ करोड रहेकोमा असार मसान्त सम्म सो कार्यालयले ३२ करोड ९६ लाख २५ हजार ८ सय ५८ रुपैया अर्थात ८६.६९ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको छ ।
विश्व व्यापी आर्थिक मन्दी, रुस र युक्रेनका बीचको युद्ध तथा जिल्लामा रहेका छोटी भन्सार कार्यालयहरु संचालन नहुदाँ राजस्व प्रभावित भएको जनकपुर भन्सार कार्यालयका प्रमुख केशव ओलीले जानकारी दिए ।
महिनाथपुर सहितका छोटी भन्सार लामो समयदेखि बन्द अवस्थामा रहेकाले पनि राजस्वमा प्रभावित भएको उनले बताए । छोटीहरु भन्सार कार्यालय संचालनामा नआउदाँ एक त राजस्व प्रभावित भईरहेको छ भने अर्को तिर पुर्वि धनुषाका व्यापारीहरुको व्यापार समेत प्रभावित हुने गरेको छ । महिनाथपुर संचालनमा रहेको वेला त्यस क्षेत्रका व्यापारीहरुलाई भारतबाट माल समान ल्याउन सहज हुने गरेको थियो । तर अहिले ति भन्सार बन्द हुदाँ आफुहरुलाई सास्ती हुने गरेको त्यस क्षेत्रको व्यापारीहरुको भनाई छ ।
महिनाथपुर छोटी भन्सारबाट आलु,प्याज,चामल लगायतका घरायसी मालसमान बढी आयात हुने गरेको छ । जनकपुर भन्सार कार्यालय जनकपुरधाममा हाल करोनटाईनको व्यवस्था नहुदाँ यसले राजस्वमा समस्या देखिएको उनले बताए । ्

 

सम्बन्धित खबर