मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्व. राजेश्वर नेपाली पत्रकारिता जगतको शिखर पुरुषको रुपमा रहेको स्मरण गरेका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानीद्वय राम भरत साह र अशौक रौनियारले पनि स्व. नेपालीलाई लोहपुरुषको संज्ञा दिदै उनको योगदान र उनले देखाएको बाटोमा हिडन पत्रकारहरुलाई आग्रह गरे ।
सो अवसरमा स्व. नेपालीको व्यक्तित्व, उनको पत्रकारिता, साहित्य, भाषा र लेखनीको कौसलका विषयमा प्रदेश सांसद किरण साह, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, रंगवाटिका नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार उपेन्द्र भगत नागवंशी, वरिष्ठ पत्रकार श्री नारायण साह सहितकाले प्रकाश पारेका थिए भने स्व. नेपालीको निडरता, साहसको प्रशंसा गरेका थिए ।

सो अवसरमा सभामुख मण्डल सहितका उपस्थित पत्रकारहरुले स्व. नेपालीको स्मृतीमा ८० विभिन्न प्रजातीका वृक्षहरु बेलापुल छेउको राजमार्ग बिचमा रोपेका थिए । २००२ साल भदौ १९ मा जन्मेका नेपालीको गत भदौ ११ गते निधन भएको थियो ।