LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्व. राजेश्वर नेपाली पत्रकारिता जगतको शिखर पुरुषको रुपमा रहेको स्मरण गरेका छन् ।

स्व. नेपालीको ८० औं जन्म जयन्तिको अवसरमा रंगवाटिका नेपालद्वारा आयोजित ८० वृक्षारोपण कार्यक्रम तथा व्यक्तित्वधन कृति परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले स्व. नेपालीको लेखन र प्रभाव नेपालमै न्युन पत्रकार रहेको बेलामा पनि रहेको बताउदै मधेश र धनुषाको पत्रकारिताका लागि मात्र नभई उनी देशकै लागि उदाहरनिय पत्रकारका रुपमा आफुलाई चिनाएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानीद्वय राम भरत साह र अशौक रौनियारले पनि स्व. नेपालीलाई लोहपुरुषको संज्ञा दिदै उनको योगदान र उनले देखाएको बाटोमा हिडन पत्रकारहरुलाई आग्रह गरे ।

सो अवसरमा स्व. नेपालीको व्यक्तित्व, उनको पत्रकारिता, साहित्य, भाषा र लेखनीको कौसलका विषयमा प्रदेश सांसद किरण साह, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, रंगवाटिका नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार उपेन्द्र भगत नागवंशी, वरिष्ठ पत्रकार श्री नारायण साह सहितकाले प्रकाश पारेका थिए भने स्व. नेपालीको निडरता, साहसको प्रशंसा गरेका थिए ।

सो अवसरमा सभामुख मण्डल सहितका उपस्थित पत्रकारहरुले स्व. नेपालीको स्मृतीमा ८० विभिन्न प्रजातीका वृक्षहरु बेलापुल छेउको राजमार्ग बिचमा रोपेका थिए । २००२ साल भदौ १९ मा जन्मेका नेपालीको गत भदौ ११ गते निधन भएको थियो ।

सम्बन्धित खबर