LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा आरोपित मधेश प्रदेशका स्वतन्त्र सासद अनिरुद्ध सिंह यादवलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको छ ।
माओवादी नेता गोविन्द प्रसाद चौधरीको हत्याको आरोपमा सोमवार पक्राउ परेका यादवलाई मंगलवार जिल्ला अदालत सप्तरीका न्यायधिश डा.राजेन्द्र प्रसाद अर्चायको ईजलासले पुर्वपक्षका लागि करागार पठाएको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सभामा निर्वाचित यादवमाथि २०६४ सालमै माओवादी नेता चौधरीको हत्याको आरोप लागेको थियो । उक्त मुद्दामा लामो समयदेखि विचारधिन रहेको थियो । गत प्रदेश सभाको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारि दिई विजयी भएका थिए ।

सम्बन्धित खबर