LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल –भारत बीच भईरहेको विद्युत व्यापारको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) धनुषाले विरोध प्रदर्शन गरेको छ ।
नेपालमा चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ राजदुत सिङ फिर्ता पठाउ लगायतका नारा सहित जनकपुरधामस्थित पार्टी कार्यालयबाट दिउँसो अढाई बजे निकालिएको विरोध जुलुस शिव चोक, जनक चोक, राम चोक हुदै पुनः जनक चोकमा कोणसभामा परिणत भएको थियो । लोसपाका जिल्ला अध्यक्ष परमेशवर साहको अध्यक्षतामा निकालिएको र्यालीमा सहभागि लोसपाका मधेश प्रदेश अध्यक्ष तथा प्रदेशका पुर्व मन्त्री जितेन्द्र सोनलले नेपालको अन्तरिक मामिलामा चिनियाँ राजदुत सिंङ गैर कुनटनिय रहेको भन्दै चर्को विरोध गरे ।
नेपाल र भारत बीचमा परापुर्वकालदेखि रोटी बेटिको सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष सोनलले नेपाल र भारत बीच आन्तरिक मामिलामा चिनियाँ राजदुतले गरेको टिप्पणी घोर आपत्तिजनक र गैर कुटनिटिक रहेको बताए । संवेदनशिल भु राजनीतिक अस्थामा हाम्रो मुलुक रहेका बताउदै अध्यक्ष सोनलले चिनियाँ राजदुतले कुनै तेस्रो मुलुकसँगको सम्बन्धको विषयमा अभिव्यक्ति दिएर नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।
लोसपाका धनुषा अध्यक्ष तथा पुर्व प्रदेश सासद परमेशर साहले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने राजदुत सिङलाई अभिलम्व फिर्ता पठाउनुपर्ने नेपाल सरकारसँग माग गरे ।

सम्बन्धित खबर