LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । सत्ता गठनधन्न दलका चार दलीय समाजवादी मोर्चा मधेश प्रदेशले गौर हत्या काण्डसँग सम्बन्धत सम्पुर्ण मुद्दा खारेजको माग गर्ने भएको छ ।
मधेश प्रदेशको बिरगंजमा आईतवार भएको मोर्चाको प्रदेश स्तरीय बैठकले गौर हत्याकाण्ड राजनीतिक घटना रहेको भन्दै सो घटनामा आरोति बनाएका, फसाईएका, झुठा मुद्दा लगाएकोले त्यसको खारेजको लागि मोर्चाले माग गर्ने निर्णय भएको गरेको हो । मोर्चाका मधेश प्रदेशका संयोजक तथा पुर्वमुख्यमन्त्री लालबाबु राउतले गौर हत्या काण्ड राजनीतिक घटना रहेकोले सो घटनासँग सम्बन्धित सबै मुद्दा राखेजको लागि मोर्चाले माग गर्ने विषयमा छलफल भएको बताए ।
साथै बैठकबाट मार्चाको जिल्ला देखि पालिका स्तरीय संगठनात्मक संरचना निर्माण र विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरि, मोर्चा आवद्व दलहरु जनता समाजवादी पार्टीका प्रदेश सासद तथा पुर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा माओवादी केन्द्रका लिलामणी पोखरेल, नेकपा एसका धर्मनाथ साह, नेकपा विप्लव माओवादीका त्रिलोक सी सदस्य रहने गरि मोर्चाको प्रदेश स्तरीय सचिवालय गठन गरिएको छ ।
बैठकले संघियता कार्यान्वयका लागि आवश्यक पर्ने आधारभुत ऐन कानुनहरुको निर्माण र कार्यान्वयन गर्न÷गराउन संघिय सरकार संग मांग गर्ने, प्रहरी प्रशासन ऐनको कार्यान्वय, प्रदेश मातहत समायोजन गर्न दबाब दिने तथा जनसंख्याको आधारमा सबै भन्दा पिछडिएका प्रदेशको आधारमा मधेशलाई न्यायोचित बजेट बिनियोजन गर्न गराउन मार्चोले ध्यानाकर्षण सहित दबाब मुलक कार्यक्रम गर्ने निर्णय समेत भएको संयोजक राउतले बताए ।

सम्बन्धित खबर