LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । सत्ता गठनधन्न दलका चार दलीय समाजवादी मोर्चा मधेश प्रदेशले गौर हत्या काण्डसँग सम्बन्धत सम्पुर्ण मुद्दा खारेजको माग गर्ने भएको छ ।
मधेश प्रदेशको बिरगंजमा आईतवार भएको मोर्चाको प्रदेश स्तरीय बैठकले गौर हत्याकाण्ड राजनीतिक घटना रहेको भन्दै सो घटनामा आरोति बनाएका, फसाईएका, झुठा मुद्दा लगाएकोले त्यसको खारेजको लागि मोर्चाले माग गर्ने निर्णय भएको गरेको हो । मोर्चाका मधेश प्रदेशका संयोजक तथा पुर्वमुख्यमन्त्री लालबाबु राउतले गौर हत्या काण्ड राजनीतिक घटना रहेकोले सो घटनासँग सम्बन्धित सबै मुद्दा राखेजको लागि मोर्चाले माग गर्ने विषयमा छलफल भएको बताए ।
साथै बैठकबाट मार्चाको जिल्ला देखि पालिका स्तरीय संगठनात्मक संरचना निर्माण र विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरि, मोर्चा आवद्व दलहरु जनता समाजवादी पार्टीका प्रदेश सासद तथा पुर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा माओवादी केन्द्रका लिलामणी पोखरेल, नेकपा एसका धर्मनाथ साह, नेकपा विप्लव माओवादीका त्रिलोक सी सदस्य रहने गरि मोर्चाको प्रदेश स्तरीय सचिवालय गठन गरिएको छ ।
बैठकले संघियता कार्यान्वयका लागि आवश्यक पर्ने आधारभुत ऐन कानुनहरुको निर्माण र कार्यान्वयन गर्न÷गराउन संघिय सरकार संग मांग गर्ने, प्रहरी प्रशासन ऐनको कार्यान्वय, प्रदेश मातहत समायोजन गर्न दबाब दिने तथा जनसंख्याको आधारमा सबै भन्दा पिछडिएका प्रदेशको आधारमा मधेशलाई न्यायोचित बजेट बिनियोजन गर्न गराउन मार्चोले ध्यानाकर्षण सहित दबाब मुलक कार्यक्रम गर्ने निर्णय समेत भएको संयोजक राउतले बताए ।

सम्बन्धित खबर