LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम, जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् । जसपाकी केन्द्रीय सदस्य समेत रहेकी उनको आज बिहान साढे ८ बजे मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामनरेश पण्डितले जानकारी दिए ।
यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

सम्बन्धित खबर