LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । ंनेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको काम कारवाही ठिक नरहेको भन्दै यस्तै चलिरहे धेरै दिन टिक्न नसक्ने पुनः दोहराएका छन् ।
जनकपुरधाममा पार्टीको महिला संगठनले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागिताका लागि आएका खनाल जनकपुरधाम विमानस्थलमा पत्रकारहरु समक्ष भने, ‘म सरकार अव ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्न पनि सक्दैन म अहिले पनि भन्छु ।’
उनले संघियताका धेरै विषयहरुमा समिक्षा आवश्यक रहेको भन्दै संघियतामा धेरै कारकहरु विकृतीयुक्त र जनतालाई मननपर्ने देखिएकाले त्यसको विषयमा समिक्षा गरि सुधार गर्न आवश्यक रहेको बताए ।
समाजवादी मोर्चाका कारण कांग्रेस शसंकित हुनुपर्ने कारण केहि पनि नरहेको बताउदै पुर्वप्रधामन्त्री समेत रहेका खनालले गठबन्धनलाई मोर्चा भन्दा पनि सरकारबाट जोखिम रहेको बताए ।
उनले गौर हत्याकाण्डको सम्पुर्ण मुद्दाहरु खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको बताए ।

सम्बन्धित खबर