LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । ंनेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको काम कारवाही ठिक नरहेको भन्दै यस्तै चलिरहे धेरै दिन टिक्न नसक्ने पुनः दोहराएका छन् ।
जनकपुरधाममा पार्टीको महिला संगठनले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागिताका लागि आएका खनाल जनकपुरधाम विमानस्थलमा पत्रकारहरु समक्ष भने, ‘म सरकार अव ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्न पनि सक्दैन म अहिले पनि भन्छु ।’
उनले संघियताका धेरै विषयहरुमा समिक्षा आवश्यक रहेको भन्दै संघियतामा धेरै कारकहरु विकृतीयुक्त र जनतालाई मननपर्ने देखिएकाले त्यसको विषयमा समिक्षा गरि सुधार गर्न आवश्यक रहेको बताए ।
समाजवादी मोर्चाका कारण कांग्रेस शसंकित हुनुपर्ने कारण केहि पनि नरहेको बताउदै पुर्वप्रधामन्त्री समेत रहेका खनालले गठबन्धनलाई मोर्चा भन्दा पनि सरकारबाट जोखिम रहेको बताए ।
उनले गौर हत्याकाण्डको सम्पुर्ण मुद्दाहरु खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको बताए ।

सम्बन्धित खबर