LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । धनुषामा सडकमा बनाइएको चेम्बरकोे खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको जनकपुरधाममा उपमहानगरपलिका–२५ लाहनामास्थानीय रंजित कुमार मुखियाका २ वर्षिय छोरा रोहन मुखियाको घर नजिको सडक बनाईएको चेम्बरको खाल्डोमा खसेर शुक्रवार विहान मृत्यु भएको हो ।

घरको दलानमा खेलिरहेका रोहन एक्कासी घर अगाडीको सडकमा बनाईएको चेक्बरमा खसेका थिए । पछि परिवारजनले खोजतलास गर्दा उनी चेम्बरको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
निर्माणधिन उक्त सडकमा ठाँउ ठाँउमा नाला निर्माणको क्रममा चेम्बर बनाईएको छ । तर चेम्बर बनाएपनि त्यसलाई छोपने ढकन नबनाइएकोले खुल्ला नै रहने गरेको थियो । यता, ठेकेदारको लापर्वाहीको कारण बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले आक्रोसित भएको स्थानीय नथुनि मण्डलले जानकारी दिए ।

सम्बन्धित खबर