LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

फाएजा फहमीदा
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विगतका आन्दोलनमा प्राप्त भएको उपलब्धीको संरक्षण र बाँकी रहेका अधिकारको प्राप्तिको लागि आन्दोलनको आवश्यकता रहेको बताएका छन् ।
पार्टीका मधेश प्रदेश समितिले आईतवार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उदघाटन गर्दै अध्यक्ष यादवले मधेश विद्रोहबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्न तथा राज्यको हरेक निकायमा समावेशी पहुँचको लागि आन्दोलनको आवश्यकता रहेको भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
मधेशी जनतालाई खस पहाडी शासक अझै विदेशीको नजरले हेर्ने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ संविधानमा समावेशी र समानुपातिको कुरा उल्लेख गरिएपनि व्यवहारमा देखिएको छैन । अझै पनि संवैधानिक निकाय, प्रहरी प्रशासन लगायतका निकाय समावेशी छैन ।’ मुलुकमा मधेशको जनसंख्या ५३ प्रतिशत रहेपनि मधेशलाई मात्र १३ प्रतिशत बजेट दिएर राज्यले विभेद गरेको अध्यक्ष यादवले आरोप लगाए । मधेशको विकास बिना मुलुकको विकास सम्भव छैन, अध्यक्ष यादवले भने,‘ तर मधेशको विकासमा लगानी नै हुदैन त विकास कसरी हुन्छ ?यस्तो मानसिकताले परिवर्तन कसरी हुन्छ ? मुलुकमा सम्वृद्धि कसरी आउँछ ?।’
मधेशी समाजमा पनि जातिवादीसहितका विकृति र विसंगती विरुद्धको हाम्रो लडाई बाँकी नै रहेकोले बताउदै अध्यक्ष यादवले भने,‘ राजनीतिक लडाई लडिरहेका छौ । तर समाजिक लडाई लडन बाँकी नै छ । समता मुलुक समाज निर्माणका लागि समाजिक लडाई लड्नुपर्छ ।’
कार्यक्रममा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतले विगतमा मधेश प्रदेशले पल्लिो पाँच वर्षमा गरेको राम्रो कामलाई लिएर जनताको बीच जानुपर्ने बताए । मधेश प्रदेश सरकारले मात्रै महिलालाई ५० प्रतिशत आरक्षण र प्रत्येक सामुदायलाई त्यसको जनसख्याको अधारमा आरक्षण दिने ऐन ल्याएको मुख्यमन्त्री राउतले बताए । कार्यक्रममा पुर्वमन्त्री राजकिशोर यादवले अव जसपाले नेपाल सरकारको नेतृत्व गर्न पाउने गरि अगाडी बढ्नुपर्ने बताए । पार्टी भित्र रहेका अन्तर कहलहरुलाई नेतृत्वले नजर अन्धाज गर्न नमिल्ने उल्लेख गर्दै नेता यादवले पार्टीलाई संगठित बनाएर अगाडी बढाउन नेतृत्वको दायित्व रहेको बताए ।
पार्टीका मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादव सहितले मन्तव राखेका थिए ।

 

सम्बन्धित खबर