LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

सर्लाही ।

सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको घटनामा दोषीलाई कारवाही गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले ६ बुँदे निर्णय गरेको हो ।

यस्तै, मलंगवामा शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ब्रम्हपुरी गाउँपालिकामा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गरी कारवाही गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेलाई पक्राउ गरी उसैबाट क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहिबार मलंगवामा दुई समुदायबीच विवाद भएपछि राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।

सम्बन्धित खबर