LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

सर्लाही ।

सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको घटनामा दोषीलाई कारवाही गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले ६ बुँदे निर्णय गरेको हो ।

यस्तै, मलंगवामा शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ब्रम्हपुरी गाउँपालिकामा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गरी कारवाही गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेलाई पक्राउ गरी उसैबाट क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहिबार मलंगवामा दुई समुदायबीच विवाद भएपछि राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।

सम्बन्धित खबर