LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान अनुसार स्थानीय र प्रदेशलाई अधिकार दिन संघिय सरकारले अझै कन्जुसाई गरेको बताएका छन् ।
सोमवार जनकपुरधाम उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रदेश सरकार र स्थानीय तहले संविधान अनुसार अझै अधिकार पाउनु पर्ने बताए । प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिन कन्जुसाई गरेको पक्कै हो, राष्ट्रपति पौडेलले भने,‘ यहाँबाट फर्केपछि नेपालका प्रमुख शासकहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा सम्वाद गर्छु । संविधानमा दिएको प्रदेश र स्थानीय तहको अधिकार दिनुस, अव पनि कन्जुसाई नगर्नुस् भनेर भन्छौ । उहाँहरुले चाहेको खण्डमा तत्काल नै संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार पाउँछन् ।’
संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षण, मुलुकको अभिभाव र नेपाली सेना परिचालन गर्ने अधिकार दिएको छ, राष्ट्रपति पौडेलले भने,‘ त्यसकारणले पनि मुलुकको राष्ट्रिय एकता, विकास र सम्वृद्धिको लागि राजनीतिक जीवनमा पनि र अहिले पनि सक्रिय रहेको छु ।’
मुलुकलाई सम्वृद्ध नेपाल बनाउन तीनै तहको सरकार गम्भिर हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो । आदिवास, जनजाति, मधेशी, मुस्लिम तथा भुगोललाई सम्मान अधिकार दिएमात्र राष्ट्रियता बलियो हुने बताउदै राष्ट्रपति पौडलले भने,‘ सिहदरबारको काज सम्हालनेलाई यो बुझनु आवश्यक छ की मधेशको सिमामा बस्ने मधेशी जनताले राष्ट्रिय एकता र अण्डतालाई जोगाई राखेका छन्।’
हिमाल, पहाड र तराईका कुनैपनि जानता नागरिकता बिहिन नहोस् भनेर आफुले नागरिकता विद्येयक प्रमाणिकरण गरेको राष्ट्रपति पौडेलले बताए । नागरिक अभिनन्दमा पाएको सम्मानलाई माता जानकीको अर्शिवादको रुपमा लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले मधेशको अन्न र पहाडी क्षेत्रको पानीलाई जलविद्युतको रुपमा उपयोग्य गर्न नसे यसले नेपालको आर्थिक विकासमा ढोका खुल्ने बताए । सुनकोशि, मरिण डाईभर्सन निर्माण मधेश प्रदेशको कृषि क्षेत्रको विकास कोसेढुंगा सावित हुने बताए ।
राष्ट्रपति पौडेलले पटक पटक भएको मधेश आन्दोलनमा आफुले शान्तिपुर्ण वार्ता गराएकोले सम्मरण गर्दै मधेशको विकास बिना नेपालको विकास असम्भव रहेको बताए ।
राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्र भवनको समेत उद्घाटन गरेका छन् । सोही मंचमा राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो ।
त्यस अघि, महेन्द्रनारयण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन शहरी विकास सीता गुरुङ्गले धार्मिक तथा ऐतिहासिक शहर जनकपुरधामको विकास गर्न सरकार कटिवद्ध रहेको बताईन ।


नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संविधानमा प्रदेशलाई दिएको अधिकार अझै आफुहरुले पाउन नसकेको दुखेसो पोखे । मुख्यमन्त्री यादवले राष्ट्रपति संविधानको रक्षक र नेपालीको अभिभाव भएकोले संविधान कार्यान्वयनमा लागि संघिय सरकारलाई ध्यानकर्षण गराई दिन राष्ट्रपति पौडेललाई आग्रहा गरे ।
जनकपुरधामका उपनहानरपालिकाका मेयर मनोज कुमार साहको अध्यक्षता भएको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी, प्रतिनिधी सभा सदस्य जुली महतोसहितले मन्तव राखेका थिए ।
सोमवार विहान साढे ८ वजे जनकपुरधाम पुगेका राष्ट्रपति पौडेलले जानकी मन्दिरमा पुजाअर्चना समेत गरेका थिए । त्यसपछि, मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि भएका थिए । राष्ट्रपति पौडेल आज काठमाण्डौ फर्किसकेका हुन् ।
२३ वर्षपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको उद्घाटन
महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रको निर्माण थालिएको २३ वर्षपछि सोमवार मात्रै उद्घाटन गरिएको छ ।
१२ करोड ४० लाखमा निर्माण गरिएको उक्त भवनको शिलान्यास २०५७ सालमै गरिएको थियो । तर सुस्त गतिमा निर्माण भएकोले २०६५ साल सम्म केहि भवनहरु मात्रै तयार भएको थियो । अहिले आएर मात्रै केन्द्रको निर्माण कार्य पुरा भएको छ । जनकपुरधाममा ठुलो संख्यामा दर्शक अटाउने सभा हलको अभावमा रहेको वेला उक्त केन्द्रमा सभाहल भने आधुनिक हिसाबले निर्माण गरिएको छ ।
श्हरी विकास तथा भवन डिभिजन ईकाई कार्यालय जनकपुरले उक्त भवन निर्माण गरिएपनि अहिले त्यो भवन प्रदेश सरकार वा जनकपुरधाम उपमहानरपालिका कसलाई हस्तान्तरण गर्ने भने विषयमा यकिन हुन सकेको छैन । दुवै निकायले उक्त सभाहल मागिरहेकोले ईकाई कार्यालयले तत्काल आफैसँग उक्त भवन राख्ने ईकाई कार्यालयका प्रमुख प्रदिप खनालले बताए ।

सम्बन्धित खबर