जनकपुरधाम । बाझो रहेका जमिनलाई उपयोग्य गरि वातावरण संरक्षण गर्ने उदेश्यले मटिहानी नगरपालिका वडा नम्बर १, ७ र ९ मा आज विहिवार वृक्षा रोपन कार्यक्रमको आयोजना गरिएको छ ।
युएएसएआईडीको आर्थिक सहयोगमा प्रकोप व्यवस्थापन अध्ययन केन्द्रद्वारा संचालित युएसआइडी लोकल वर्कस महोत्तरी परियोजना अन्तर्गत सो वृक्षा रोपन गरिएको हो । सो वृक्षा रोपनमा आँप, लिची, कागती जातका १ हजार विरुवा रोपिएको हो । मटिहानी नगरपालिकाको समन्वयमा गुढी संस्थान जलेशवरले उपलब्ध गराएको ४ विघा क्षेत्रफलमा सो वृक्षा रोपन गरिएको हो परियोजना व्यवस्थापक धर्मानन्द ठाकुरले बताए ।
त्यसैगरि, वडा नम्बर ९ सिरदहीमा वृक्षा रोपन कार्यक्रमको शुभाराम्भ गर्दै वडाध्यक्ष मदन चौधरीले खालि तथा पर्ति जग्गामा वृक्षा रोपन गरि जग्गा संरक्षण हुनुको साथै भविष्यमा आर्थिक लाभ समेत लिन सक्ने बताए । युएएसएआईडीले विगत एक वर्षदेखि मटिहानी नगरपालिका भित्र पेवा बढाउने कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रम अन्तर्गत ९० जनालाई १५ हजारको दरले आर्थिक सहयोग गरि विभिन्न तालिम दिएको छ । ३० जना किसानहरुलाई ६ हजार मुल्य बराबरको कृषि औजार उपलब्ध गराएको छ ।


त्यसैगरि, बगर खेती गर्नको लागि कृषि औजार, ९ प्रकारको विउविजन तथा नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा २७ वटा आमा समुह गठन गरि ७ सय १२ जना महिलाहरुलाई सरसफाई तथा सुरक्षित महिनावारी सम्बन्धी जनचेतना मुलक तालिम, ३३ जना महिला स्वय्मसेविकालाई स्वास्थ्य सम्बन्धी तालिम, अगवति, बासको समाग्री बनाउने सम्बन्धी १० जना पछिडिएको वर्गलाई लक्षित गरि ६ दिने तालिम, १० जनालाई लाहको चुरा बनाउने १० दिने तालिम र १० जना हलुवाई खाना बनाउने तालिम दिएको छ । तालिम लिनेले व्यवसाय गरुन भने उदेश्यले उनीहरुको खातामा १५÷१५ हजारको दरले आर्थिक सहयोग गरेको छ ।
सो अवसरमा संस्थाका कृषि विजय त्रिपाठीले बिग्रेको, खेर गएको अन्नवाली नहुने बाँझो रहेको जग्गामा वृक्षा रोपन गरि हरियाली तथा वातावरणको संरक्षण गर्ने उदेश्यले यो कार्यक्रम गरिएको बताए । रोपिएको रुख विरुवा संरक्षण गर्न तीन वटै वडामा तीन जनालाई ९ महिनाको लागि हेरालु राखिएको उनले बताए ।








