LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले भारतबाट बिना भन्सार तिर तस्करी गरि नेपाल ल्याउदै गरेको झण्डै तीन लाखको समान पक्राउ गरि भन्सार कार्यालय जनकपुरलाई बुझाएको छ ।
शुक्रवार दिउँसो जिल्लाको विदेह नगरपालिका–१२ खरिहानी नाका हुदै बिआर ३२यु ६९०४ नम्बरको मोटरसाईकलमा अवैध रुपमा १ लाख ७८ हजार १० मुल्यबराबरको कपडा र तस्करीमा प्रयोग भएको करिव १ लाख मुल्यबराबरको मोटरसाईकल गरि २ लाख ७८ हजार १ सय समान जनकपुरधाम भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक केदारनाथ सापकोटाको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले उक्त समान पक्राउ गरेको थियो । चाडपर्वको मौसम नजिकदै जदा सशस्त्र प्रहरी धनुषाले सिमा नाकाबाट हुने तस्करी नियन्त्रणमा कडाई गरेको छ ।

 

सम्बन्धित खबर