LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

फाएजा फहमीदा
जनकपुरधाम । ग्रामिण क्षेत्रका गरिव विपन्न विरामी हुदाँ आर्थिक अभावको कारण समयमा उपचार नगराई लामो समय उपचारबाट वञ्चित हुदै आएको वेला महोत्तरीको लोहारपट्टी नगरपालिकाको भ्रमरपुरमा स्वास्थ्य सेवामा पहुँज नभएका गरिव विपन्नको लागि निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
हेल्पिङ्ग हैण्ड, रिलिफ डेभलपमेन्टको सहयोगमा हेल्पिङ्ग हर्ट, महोत्तरीले आयोजना गरेको उक्त शिविरको उद्घाटन लोसपाका मधेश प्रदेश सासद जयनुल राईन र रमिता प्रधानले संयुक्त रुपमा गरेका थिए । स्थानीय माविमा आयोजना गरिएको उक्त विशिवरमा मा ५ सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराई शिविरको लाभ लिएको हेल्पिङ्ग हर्ट, महोत्तरीका इन्चार्ज समसुदीन राईनले जानकारी दिए ।
स्वास्थ्य सेवा पहुँजबाट टाढा रहेका गरिव विपन्नहरुलाई सहयोग गर्ने उदेश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हेल्पिङ्ग हैण्डका मेडिकल कन्सटेन्ट डा.रेजाले बताए । शिविरमा मेडिसिन, गाइनो, जेनरल फिजिसियन, अर्थोपेडिक,आँखा सम्बन्धि रोगले पीडतहरुको निःशुल्क जाँच तथा औषधी वित्तरण गरिएको उनले बताए । मोतियाबिन्दु भएका विरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था समेत गरेको उनले बताए ।
डा. रेजाले भने,‘ आर्थिक अभाव तथा जन चेतनाको अभावले विभिन्न रोगबाट ग्रसित भएपनि लामो समय उपचार गराउन नसकिरहेकाहरुलाई सेवा दिने उदेश्यले यो शिविर संचालन गरेका छौ । शिविरमा रोगको पहिचान भएपछि थप उपचार गराउन उनीहरुलाई मद्दत पुग्ने छ ।’
हेल्पिङ्ग हैण्ड, रिलिफ डेभलपमेन्टका जीव पोखरेलले शिक्षा, स्वास्थ्य, खानेपानी सहितको क्षेत्रमा आफ्ना संस्थाले कार्य गर्दै आएको बताए ।

सम्बन्धित खबर