LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

फाएजा फहमीदा
जनकपुरधाम । ग्रामिण क्षेत्रका गरिव विपन्न विरामी हुदाँ आर्थिक अभावको कारण समयमा उपचार नगराई लामो समय उपचारबाट वञ्चित हुदै आएको वेला महोत्तरीको लोहारपट्टी नगरपालिकाको भ्रमरपुरमा स्वास्थ्य सेवामा पहुँज नभएका गरिव विपन्नको लागि निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
हेल्पिङ्ग हैण्ड, रिलिफ डेभलपमेन्टको सहयोगमा हेल्पिङ्ग हर्ट, महोत्तरीले आयोजना गरेको उक्त शिविरको उद्घाटन लोसपाका मधेश प्रदेश सासद जयनुल राईन र रमिता प्रधानले संयुक्त रुपमा गरेका थिए । स्थानीय माविमा आयोजना गरिएको उक्त विशिवरमा मा ५ सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराई शिविरको लाभ लिएको हेल्पिङ्ग हर्ट, महोत्तरीका इन्चार्ज समसुदीन राईनले जानकारी दिए ।
स्वास्थ्य सेवा पहुँजबाट टाढा रहेका गरिव विपन्नहरुलाई सहयोग गर्ने उदेश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हेल्पिङ्ग हैण्डका मेडिकल कन्सटेन्ट डा.रेजाले बताए । शिविरमा मेडिसिन, गाइनो, जेनरल फिजिसियन, अर्थोपेडिक,आँखा सम्बन्धि रोगले पीडतहरुको निःशुल्क जाँच तथा औषधी वित्तरण गरिएको उनले बताए । मोतियाबिन्दु भएका विरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था समेत गरेको उनले बताए ।
डा. रेजाले भने,‘ आर्थिक अभाव तथा जन चेतनाको अभावले विभिन्न रोगबाट ग्रसित भएपनि लामो समय उपचार गराउन नसकिरहेकाहरुलाई सेवा दिने उदेश्यले यो शिविर संचालन गरेका छौ । शिविरमा रोगको पहिचान भएपछि थप उपचार गराउन उनीहरुलाई मद्दत पुग्ने छ ।’
हेल्पिङ्ग हैण्ड, रिलिफ डेभलपमेन्टका जीव पोखरेलले शिक्षा, स्वास्थ्य, खानेपानी सहितको क्षेत्रमा आफ्ना संस्थाले कार्य गर्दै आएको बताए ।

सम्बन्धित खबर