LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । पुर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललले संघियता र परिर्वतन विरोधी तत्वको उष्काहटमा मुलुकको विभिन्न स्थानमा धार्मिक सदभाव बिथोल्ने घटना भईरहेको बताएका छन् ।
पार्टीले संचालन गरेको मेची महाकाली जनजागरण यात्राको क्रममा जनकपुरधाम पुगेका पुर्व प्रधानमन्त्री नेपालले बुधवार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । पटक–पटकको आन्दोलन, सयौ शहिदहरुको बलिदानीले प्राप्त भएको उपल्बधीलाई उल्टाउन परिवर्तन नचाहने शक्तिले आपसी भाईचारा, धार्मिक सहिष्णुतामा खल्ल पुर्याउने षडन्त्र गरिरहेको उनले बताए ।
अमन चयनले मात्रै मुलुकमा विकास र सम्वृद्धि आउने उल्लेख गर्दै पुर्व प्रधानमन्त्री नेपालले भने,‘ समाजलाई धार्मिक द्वन्द, हिंसाबाट जोगाउन नागरिक समाजलाई सचेत रहन र त्यस्ता विरोधी तत्वलाई खबरदारि गर्न तयार रहनुपर्छ ।’बहुधार्मिक, बहुसास्कृति, बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताउदै समाजमा कुनै प्रकारको नकारात्मक क्रियाकलाप नगर्न नगराउने उनले सबैसाग अपिल समेत गरे । नेपाल हिन्दु र बौद्ध धर्मको उदम स्थल रहेकोले यहाँ धार्मिक पर्यटकको ठुलो सम्भावना रहेको बताए ।
अर्को प्रशंगमा, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दहाल नेतृत्वकै सरकार तत्काल रहने गठबन्धन दल बीच सम्झदारी रहेको बताए ।
पुर्वको झापाबाट सुरु भएको जनजागरण अभियान पश्चिममा सुदुरपश्चिम र कर्णाली पुगेर मात्रै सम्पन्न हुने उनले बताए । सुशासन, रोजगारी र सम्वृद्धिलाई प्राथकिता दिएर जनजागरण अभियान संचालन गरिएको बाउँदै उनले भने,‘ सुशान कार्य गरि रोजगारिको अवस्था सृर्जना हुन्छ र त्यसले आर्थिक सम्वृद्धि तर्फ अगाडी बढ्न सहयोग हुन्छ ।’पार्टी भित्र कुनै प्रकारको असहमति नरहेको उनले बताए ।

सम्बन्धित खबर