LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेको धर्मगुरु आचार्य श्रीनिवासलाई विहिवार साँझ रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले उनीमाथि बुधवार सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरेको थियो । विहिवार जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासलाई पाँच सय जरिवना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन आवले जानकारी दिए ।
थुनाबाट रिहा भएलगतै जानकी मन्दिरका छोटा महन्थ रोशन दाससहितका साधुसन्तहरु आचार्यलाई स्वागत गरि जानकी मन्दिरमा ल्याएका छन् ।
गत असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्यालीमा धर्मगुरु आचार्यले उत्तेचित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए । सोही घटनालाई लिएरमा उनी माथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षा विरुद्धको मुद्दा दर्ता गरिएको थियो ।
आचार्यलाई बुधवार नै धनुषा ल्याएको थियो । आचार्यले आवेगमा आफुले यस्तो अभिव्यक्ति दिएको, आफुबाट गल्ती भएको र अव उपरान्त यस्ता अभिव्यक्ति नदिने भनेर प्रहरी समक्ष व्यान समेत दिएको प्रहरी नायव उपरीक्षक आवले जानकारी दिए । यता, जनकपुरधामका साधुसन्त समाजले आचार्य श्रीनिवासलाई बिना शर्त रिहाईको माग गर्दै विहिवार दिउँसो विरोध जुलुस प्रदर्शन गरेका थिए ।

 

सम्बन्धित खबर