LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेको धर्मगुरु आचार्य श्रीनिवासलाई विहिवार साँझ रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले उनीमाथि बुधवार सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरेको थियो । विहिवार जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासलाई पाँच सय जरिवना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन आवले जानकारी दिए ।
थुनाबाट रिहा भएलगतै जानकी मन्दिरका छोटा महन्थ रोशन दाससहितका साधुसन्तहरु आचार्यलाई स्वागत गरि जानकी मन्दिरमा ल्याएका छन् ।
गत असोज १२ गते जनकपुरधाममा निकालिएको एक र्यालीमा धर्मगुरु आचार्यले उत्तेचित अभिव्यक्ति र खुकुरी प्रदर्शन गरेका थिए । सोही घटनालाई लिएरमा उनी माथि जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षा विरुद्धको मुद्दा दर्ता गरिएको थियो ।
आचार्यलाई बुधवार नै धनुषा ल्याएको थियो । आचार्यले आवेगमा आफुले यस्तो अभिव्यक्ति दिएको, आफुबाट गल्ती भएको र अव उपरान्त यस्ता अभिव्यक्ति नदिने भनेर प्रहरी समक्ष व्यान समेत दिएको प्रहरी नायव उपरीक्षक आवले जानकारी दिए । यता, जनकपुरधामका साधुसन्त समाजले आचार्य श्रीनिवासलाई बिना शर्त रिहाईको माग गर्दै विहिवार दिउँसो विरोध जुलुस प्रदर्शन गरेका थिए ।

 

सम्बन्धित खबर