LIVE
धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त | तिलक टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री सिंह भारतको अयोध्या प्रस्थान |

फाएजा फहमीदा
जनकपुरधाम । जनकपुरधाम बजारका सडक पेटीहरुमा अव्यवस्थित रुपमा लगाइने फुटपाथ व्यापारले सर्वसाधारणलाई हिडडुल सास्ती हुने गरेको छ ।
जनकपुरधामको बारह बिघहा (अस्पताल रोड) देखी जानकी मन्दिर सम्म अव्यवस्थित रुपमा सडक पेटीमा फुटपाथ व्यपार भइरहेको छ । त्यसैगरि, शिव चोकदेखी कदम चो सम्म सडकको दाया बायाँ दुबै पट्टी सर्वसधारणलाई हिडडुल गर्न बनाईएको फुटपाथमा व्यापारीहरुले पसलका सरसमान राख्ने गरेको पाइन्छ । यसरी सर्वसधारणलाई हिडडुल गर्न बनाईएको फुटपाथमा व्यापारीहरुले पसल थाप्ने र पसलका समानहरु राख्दा बाटो हिड्ने सर्वसधारणलाई सास्ती झेल्नु परेको जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ममता बैठाले दुखेसो सुनाईन् ।
पैदल यात्रीको हिडडुल गर्न बनाईएको फुटपाथमै पसलेहरु जथाभावि समानहरु राख्ने गर्छन,उनले भनिन्,‘ यस्तोमा पैदल हिडडुल गर्न पनि समस्या हुन्छ, कति बेला दुर्घटनामा पर्ने हो थाहा हुदैन । त्यसकारण फुटपाथमा पसल थाप्ने र समान राख्ने व्यापारीलाई उपमहानगरपालिकाले सचेत गराउनु आवश्यक छ ।’
फुटपाथकै कारण धेरै ठाँउमा दुर्घटना हुने गरेको वरिष्ठ पत्रकार विरेन्द्र कर्णले बताए । ‘बटुवा हिडने ठाउँ लाई व्यपारीहरुले सामान राखने ठाउँ बनाइ दिएको छ,उनले भने,‘ बटुवाहरु असुरक्षित रुपमा हिडन बाध्य भएका छन ।’ उनले भने,‘जथाभावी रुपमा सडक पेटीमा व्यपार गर्दा एका तिर जनकपुर बजार कुरुप बन्दै गएको छ भने अर्को तिर सम्बन्धितले ध्यान न दिदा सडक पेटी कब्जा गरेर व्यपारीहरुले व्यापार गर्दा दुर्घटनाको सम्भावना बढेर गएको छ ।’
यता, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले फुटपाथ व्यवस्थापनमा आफुहरु गम्भिरतापुर्वक लागेको बताए । फुटपाथ नियन्त्रणको लागि उपमहानगरपालिकालले पटक–पटक अभियान संचालन गर्दै आएको बताउदै उनले भने,‘ फुटपाथ उपमहानगरपालिकाले एक्कलै चाहेर मात्र हुदैन । यसका लागि यहाँका व्यापारी, नागरिक समाजले पनि गम्भिर हुनु आवश्यक छ ।’
विवाहपंचमी, पुर्णिमा सहितका पर्वहरुमा मात्रै यस्ता पसल संचालन गर्न छुट दिएका छौ, उपमेयर साहले भने,‘तर त्यसको निहुँमा यहाँका केहि व्यवसायीले नियमित रुपमै सडकका पेटीमा पसल थाप्ने तथा समान राख्ने गरेका छन् । त्यो गलत हो । त्यस्ता छिट्टै नै बजार अनुगमन गरि त्यस्ता व्यापारीलाई हामी कारर्वाही गर्छौ ।’ फुटपाथ व्यवस्थापनको लागि उपमहानगरपालिकाले निकट भविष्यमै जग्गा व्ययवस्थापन गर्ने उनले बताए ।

सम्बन्धित खबर