LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सातौ पटक सरकार विस्तार गरि मन्त्रीपरिषदलाई पुर्णता दिएका छन् ।
सरकार गठन भएको झण्डै १० महिना पछि शुक्रवार मधेश सरकारले पुर्णता पाएको हो । लामो समयदेखि बिना विभागीय मन्त्री रहेकी जनता समाजवादी पार्टीकी सुरिता साहलाई मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर मुख्यमन्त्री यादवले साहलाई खेलकुद तथा समाज कल्याण मन्त्री बनाएका हुन् । यो सँगै मधेशमा मन्त्री १२ र राज्यमन्त्रीको संख्या २ पुगेको छ । पहिलो पटक मधेश प्रदेश सरकार गठन हुदाँ मुख्यमन्त्रीसहित ७ जना मन्त्रालय मात्र रहेको थियो । त्यसपछि जसपा विभाजन हुदाँ तत्तकालिन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयलाई फुटाएर १० वटा मन्त्रालय बनाएका थिए ।
६ दलिय सरकार भएकोले सबै दललाई खुसी पार्न मुख्यमन्त्री यादवले वाध्यतावश मन्त्रालयको संख्या बढाएको मधेश प्रदेश सरकारका मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले बताए । प्रदेश सभामा रहेको संख्याको २० प्रतिशत सम्म सरकारले मन्त्रीपरिषद बनाउन सक्ने कानुनी प्रवधान रहेको उनले बताए । मधेश प्रदेश सभामा सभामुखसहित १०७ जना सदस्य रहेको छ । यस हिसाबले मधेशमा २१ जना सम्म मन्त्रीपरिषदको संख्या राख्न सकिन्छ उनले भने,‘ मन्त्रीपरिषद लामो भएको खण्डमा सरकारको खर्चपनि बढ्ने भएकोले त्यो व्यवहारिक पनि हुदैन् ।’
महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष स्वतन्त्र चुनाव जितेकी साहलाई जसपाम प्रवेश गरिपछि सामाजिक विकास मनाईएको थियो । तर पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई विनाविभाग्य मन्त्री बनाएका थिए ।
यता, आफ्नो जानकारी बिना मन्त्रालय फुटाएकोमा जनमतका संसदीय दलका नेता मन्त्री यादवले आपति जनाएका छन् ।
मन्त्रीपरिषदका मन्त्रालय फुटाउने सम्बन्धी कुनै प्रस्ताव नै नगरि अवैधानिक रुपमा मुख्यमन्त्रीले मन्त्रालय फुटाएकोमा उनले आक्रोश व्यक्त गरे । आफ्नो पार्टी केन्द्रिय गठबन्धनमा रहेकोले प्रदेश सरकारमा बस्ने वा नबस्ने विषयमा केन्द्रमा छलफल भएपछि मात्रै कुनै निर्णय हुने उनले बताए ।
सरकार पुर्णता पाएसँगै मधेश प्रदेशमा जसपाको मुख्यमन्त्रीसहित ४ मन्त्री र १ राज्यमन्त्री, काँग्रेसको ३ मन्त्री, जनमतको २ मन्त्री, लोसपाको १ मन्त्री, माओवादी केन्द्रको १ मन्त्री र १ राज्यमन्त्री र नेकपा एसको १ मन्त्री रहेका छन् ।

सम्बन्धित खबर