LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले २३ असोज दिउँसो बस्ने गरि प्रदेश सभाको दोस्रो अधिवेशन आह्वान गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख मिश्रले अगामी २३ असोजमा प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको आह्वान गरिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । गत ३१ असारमै प्रदेश सभाको पहिलो अधिवेशन समाप्त भएको थियो । सभामुख मण्डलले दोस्रो अधिवेशनको लागि प्रदेश प्रमुख कार्यालयबाट परिपत्र आएको बताए ।
प्रदेश सरकारसँग विजेनस नहुदाँ लामो समय पश्चात दोस्रो अधिवेशनको आह्वान गरिएको बताईएको छ । मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार आएपछि अहिले सम्म विभिन्न ५ वटा विद्येयक प्रदेश सभामा लगेको छ । विद्येयकहरु माथि प्रदेश सभामा टेबुल भई समान्य छलफल पश्चात सम्बन्धित समिति पठार्ईएको प्रदेश सभा सचिवालयका रंजित सचिव यादवले बताए । नयाँ अधिवेशन सुचारु भएपनि प्रदेश सरकारबाट थप विजनेसहरु आउने सचिव यादवले बताए ।
यसैबीच, पुस ९ मा नयाँ सरकार गठन भएयता प्रदेश सभाको ३७ वठा वैठक बसेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो वैठक १८ पुसमा बसेको थियो भने प्रदेश सभाको पहिलो अधिवेशन ३१ असारमा समाप्त गरिएको थियो ।
मधेश प्रदेश सरकारले सुरुवाति अवस्थामा प्रदेश सरकारलाई चुस्तदुरुस्त बनाउन कम्तिमा ११५ वटा कानुन निर्माण गर्नुपर्ने पहिचान गरेको थियो । तर वर्तमान प्रदेश सरकार निर्माण निर्माण जोड दिन सकेका छैनन् । यस अघि लालबाबु राउत नेतृत्वको सरकारको पालमा ५७ वटा कानुन निर्माण गरेको थियो ।

 

सम्बन्धित खबर