LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । झण्डै चार महिना पश्चात बसेको मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो वैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

लामो समय पश्चात आज दिउँसो २ बजे बसेको प्रदेश सभाको वैठक क्यान्सरको कारण निधन भएकी प्रदेश सभा सदस्य विन्दु कुमारी यादवप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । वैठकमा इजराल र हमास बीच भईरहेको लडाईमा मानिएका १० जना नेपाली प्रति पनि श्रद्र्धाञ्जली व्यक्त गरिएको थियो ।
म्धेश प्रदेश सभाको अर्को वैठक अगामी २९ गते बस्ने गरि स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले बताए । मधेश प्रदेश सरकारको सिफरिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज मंगलवार बस्ने गरि प्रदेश सभाको दोस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो अधिवेशन ३१ असारमै सम्पन्न भएको थियो ।

 

सम्बन्धित खबर