जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको अधिवेशनको तयारी पुरा भएको छ ।
मंगलवार नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्र्चाज योगेश भट्टराईले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले असोज २४ र २५ गते जनकपुरधामको महेन्द्रनारयण निधी मिथिला सास्कृति केन्द्रमा अधिवेशन हुने बताए । अधिवेशनको उद्घाटन केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए । अधिवेशनमा करिव एक हजार अधिवेशन प्रतिनिधी र ५ सय अधिवेशनको सहभागिता रहने उनले बताए ।
दुई दिने अधिवेशनमा झण्डै ४० लाख खर्च हुने उनले बताए । उनले सबै प्रदेशमा अधिवेशन सकेर अन्तिममा मधेश प्रदेशमा अधिवेशन हुन लागेको बताए ।
पार्टी प्रदेशमा अहिले एक नम्बरमा रहेपनि त्यसलाई अझै मजगुत बनाउने तयारी आफुहरुको रहेको बताए । सम्वृद्ध मधेश र खुसी मधेशी भन्ने मुल नाराका साथ अधिवेशनको सम्पुर्ण तयारी पुरा गरेको उल्लेख गर्दै सचिव भट्टराईले भने,‘ हामी मधेशमा एक नम्बर पार्टी त छदै छ । तर यसलाई अझ बलियो बनाएर मधेश सरकार एमाले नेतृत्वको सरकार बनाउने हाम्रो उदेश्य छ ।’
आवश्यक अनुसार संविधान संसोधन गर्ने पक्षमा एमाले रहेको बताउदै उनले भने,‘ संविधान संसोधनमा हाम्रो विरोध छैन । तर केका लागि संसोधन गर्ने ? त्यसको औचित्य र आवश्यकता पुष्टी हुनुपर्छ । इजरालमा फसेका नेपालीहरुको ताद्धरुकताका साथ उद्धार गर्नु सरकारसँग माग समेत गरे ।
मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तका अनुसार प्रदेशका ८ वटै जिल्लाबाट करिव १ हजार प्रतिनिधी छनौट भईसकेको छ । तीन सय पार्टी सदस्यमा तीन जना प्रतिनिधी, छनौट गर्नुपर्ने प्रवधान छ । तीन जना प्रतिनिधी मध्ये एक युवा, एक महिला र एक खुल्ला रुपमा छनौट गरिने प्रवधान छ । त्यसगरि, ३ सयदेखि ५ सय पार्टी सदस्य रहेकोमा ४ जना र ५ सय देखि ७ सय रहेमा ५ जनालाई प्रतिनिधी बनाउने प्रवधान रहेको छ । त्यसवाहेक पालिका, जनवर्गिय संगठनबाट प्रतिनिधी छनौट भएका छन् ।
प्रतिनिधिका लागि पुरुषको हकमा ७ वर्ष र महिला, दलित, अपांगता भएकाहरुको हकमा ५ वर्ष संगठनमा अनिवार्य रुपले काम गरेको हुनुपर्नेछ प्रवधान रहेको उपाध्यक्ष पन्तले बताए । ।
प्रदेश अध्यक्षमा आधा दर्जन आकांक्षि
नेकपा एमाले मधेश प्रदेशको अध्यक्षको अकांक्षिमा सुरुमा पार्टीका पोल्टि व्युरो सदस्य सुमन प्याकुरेल, पुरुषपोत्म पौडेलेसहितका उम्मेदवार देखिएका थिए । सोही अनुसार ति नेताहरुले अधिवेशनमा तयारीमा लागेका थिए । अधिवेशनभन्दा तीन अघि पार्टीले पोल्टि व्युरो सदस्य तथा अध्यक्ष र जनप्रतिनिधीहरुले उम्मेदवार हुन नपाउने निर्णय गरेपछि अहिले जिल्ला स्तरका नेताहरु अध्यक्षका आकांक्षि देखिएका छन् ।
अहिले सम्म अध्यक्षका अकांक्षि कुनै पनि नेताले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । तर पार्टी भित्र भने केहि नेताहरुले आफ्नो पक्षमा लबिङ्ग थालेका छन् । श्रोतका अनुसार नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य लक्ष्मीनारयण यादव, सर्लाही जिल्ला अध्यक्ष राजनारयण यादव, सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल सहितका नेताहरुले अ आफ्नो पक्षमा महौल बनाउन सक्रिय देखिएको एमालेका एक प्रदेश सासदले बताए ।
श्रोतका अनुसार राजकिशोर यादव अहिले सम्म केन्द्रिय नेताको पखाईमा छन् भने लक्ष्मीनारयाणलाई नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता सरोज यादवको गुटबाट उम्मेदवारी दिने बताईएको छ । त्यसैगरि, राजनारायण भने पार्र्टीका सचिव तथा कोशी प्रदेशका ईन्चाज रघुविर महासेठ गुटले सहयोग गरिरहेका छन् । त्यसैगरि, मण्डललाई एमाले नेता लिलानाथ श्रेष्ठको गुटबाट उम्मेदवारी दिने तयारी गरिरहेको एमालेका एक नेताले बताए ।
प्रदेश अध्यक्षमा आधि दर्जन अकांक्षि देखिएपनि मुख्यप्रतिस्पर्धा भने दलका नेता सरोज यादव गुटका लक्ष्मीनारयण यादव र महासेठ गुटका राजनारयण यादव बीच प्रतिस्पर्धा हुने देखिन्छ । पार्टीका एक नेताका अनुसार अधिवेशन प्रतिनिधी छनौटमा तुलनात्मक रुपमा महासेठ र यादव गुटका नेता तथा कार्यकर्ताहरु बढी छनौट भएर आएको छ । तर लामो समयदेखि पार्टीका लागेका राजकिशोर यादवले कुनै केन्द्रिय नेताको अशिर्वाद पाएको खण्डमा चुनाव आफ्नो पक्षमा पार्ने सक्ने पार्टी भित्र विशलेषण भईरहेको छ ।