
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा लहर चलेको बताएका छन् ।
बुधवार जनकपुरमा पार्टीको मधेश प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेश प्रदेशमा विभिन्न पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नेको यतिवेला लहर नै चलेको बताए । ‘वामपन्थी ,कम्युनिष्ट भनेर अनेक प्रकारका नाराहरुलाई लगाई राख्या छ, कम्युनिष्ट पाटी फुटाउने, जुटाउने, कम्युष्टि सरकार ढालेर दक्षिणपन्थीको पाउँमा लगेर सरकार झुकाउने, विकासको काम रोक्ने, सुशासन खल्लबलाउने अनि फेरि कम्युनिष्टको नाम लिने, यस्ताहरुको जालझोलमा नपर्नुस, अध्यक्ष ओलीले भने,‘ कम्युनिष्ट भनेको देशभक्ति र विकास हाक्न सक्ने हो, त्यो भनेको एक मात्र एमाले पार्टी हो । विकास चाहनेहरु, शुसान चाहने साथिहरु एमालेमा आउनुस्, यति मान्छे अटाएको छ, तपाईहरु नअटाउने कुरै हुदैन । आउनुस्, हामी सबैले मिलेर देश बनाउ ।’
२०७४ सालको निर्वाचनमा हामीलाई मधेश प्रवेश गर्न दिएनन, अध्यक्ष ओलीले भने,‘तर २०७९ सालको निर्वाचनमा मधेशको नम्बर एक पार्टी बनियो । तर अहिले पनि हामीसँग सरकार बनाउने आवश्यक सिट छैन । २५ सिट मात्रैले सरकार बन्दैन ।त्यसकारण अगामी निर्वाचनमा ६० सिट ल्याउने गरि तपाईहरु तयारी गर्नुस् ।’ नेकपा एमालेको सरकार नबने सम्म मधेशको विकास र सम्वृद्धि नहुने अध्यक्ष ओलीको भनाई थियो । एमालेको प्रतिको जनलहर, एमालेको काम गराई, देखेर काँग्रेस र माओवादी पार्टी आतिएको भनेर अध्यक्ष ओली टिपण्णी समेत गरे ।
पार्टीले लिएको मिसन २०८४लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिले देखि लाग्न अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
एमालेको नेतृत्वको सरकार हुदाँ मुलुकको आर्थिक वृद्धि दर ८ प्रतिशत थियो, ९ लाखलाई हामीले गरिबिको रेखाबाट वाहिर ल्यायो १८ प्रतिशत युवाहरुको वैदेशिक रोजगारमा जाने लहर कम भएको थियो अध्यक्ष ओलीले भने,‘ अहिलेको सरकारप्रति सर्र्वसधारणको रहर नै छैन,असफल सरकार हो ।’
अध्यक्ष ओलीले भने,‘ मधेशी जनतलाई सँधै भ्रममा राखियो । तर अव त्यो भ्रम टुटि सकेको छ । अव मधेशी जनतालाई विकास र सम्वृद्धि चाहिएको छ । त्यो एमालेको नेतृत्वको सरकारले मात्रै गर्न सक्छन् ।’ उनले एमालेका कार्यकतालाई अनावशक मुद्दामा सरकारले सफाउन खोजेको आरोप लगाए ।
हुलाकी राजमार्ग, सुनकोशी मरिन डाईभर्सन,भुकम्प पीडितको घर हस्तान्तरण, जनकपुर जयनगर रेल संचालन सहितका योजनाहरु आफ्नो सरकारको नेतृत्वको अगाडी बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने,‘ मुलुकमा विकास निर्माणका अधिकांश कार्य एमाले नेतृत्वको सरकारले गरेको छ, एमाले नेतृत्वको सरकारले काम गर्दा नेपाली जनताले हामीलाई पत्याएको हो ।’
५० वर्ष अघि नै मलाई षडयन्त्रपुर्वक खुनी मुद्दामा सिद्धयाउने काम गरेका भएको थियो, अध्यक्ष ओलीले भने,‘ अहिले पनि दलहरुले घेराबन्दी गरि सिद्धयाउने षडयन्त्र गरिरहेका छन । तर पनि म दुई पटक प्रधानमन्त्री भए र विकासका नयाँ नयाँ योजनाहरु ल्याएर देखाई दिए । अझैपनि आम नेपालीको जनताको आशा र भरोसा एमालेप्रति छ ।’
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेको वहुमतको सरकार निर्माण नभएर सम्म मुलुकमा राजनीतिक स्थिरता नआउने दावि गरे । पार्टीमा गुटउगुट नरहेको बताउदै उनले प्रदेशका नेतृत्व प्रदेशका साथिहरुले छनौट गर्ने हो, यसमा पार्टीको केन्द्रबाट कुनै हस्तक्षेप नहुने बताए ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले क्षेत्रिय पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेपनि मधेश प्रदेशलाई अस्तव्यस्थत बनाएको आरोप लगाए । क्षेत्रिय पार्टीहरु जसपा, लोसपासहितका दलबाट मधेशले विकास र सम्वृद्धि गर्न नसक्ने बताउदै उनले भने,‘ मधेश प्रदेश सरकारको नेतृत्व जसपाले दोस्रो पटक गरिरहेको छ । तर जसपाले बढी मन्त्री बनाउने, सेवासुविधा लिने वाहेक केहि काम गर्न सकेको छैनन् ।’
आजदेखि सुरु भएको प्रदेश अधिवेशन भोलि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । जनकपुरधामको महेन्द्रनारयण निधी मिथिला सास्कृति केन्द्रमा अधिवेशन भइरहेको छ । अधिवेशनको १ हजार २७ जना प्रतिनिधी रहेको छ । भने अधिवेशनलाई व्यवस्थित बनाउन ५ सय स्वय्मसेवक परिचालन गरिएको पार्टीका मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । दुई दिने अधिवेशनमा झण्डै ४० लाख खर्च हुने उनले बताए ।