LIVE
मधेश प्रदेशका जिल्लाहरुमा लोक अस्थाको पर्व छठको रौनक | मुख्यमन्त्री सिँहद्वारा धनुषाका प्रहरी उपरीक्षक तिवारी सम्मानित | जनकपुर वारका सचिव आलमसहित पाँच जना सम्मानित | जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता |

फाएजा फहमीदा
जनकपुरधाम । नेपाल भारत बीचको रहेको खुल्ला सिमानाको व्यवस्थापन समय सापेक्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
नेपाल भारत खुल्ला सि सम्वाद समुह जनकपुरले विहिवार नेपाल भारत खुल्ला सिमा विषयक अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो धारणा राखेका छन् । कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताए । ।
नेपाल भारतको सम्बन्ध परापुर्वकाल देखि रहेको उल्लेख गर्दै मन्त्री सिंहले सीमा क्षेत्रको नयाँ परिवेश अनुसार व्यवस्थापन नहुदाँ सिमावर्ति क्षेत्रबाट लागु औषध ल्याएर नेपाली युवाहरु कुलतमा फस्ने, सिमावर्ति क्षेत्रमा लागु औषधको सहज रुपमा कारोवार हुने तथा नेपालबाट रक्सी सहितका समानहरु भारत जाने जस्ता क्रियाकलाप देखिएको बताए ।

खुल्ला सिमाको कारण दुवै मुलुकका नागरिकको सहजता भएको बताउदै मन्त्री सिहंले सिमावर्ति क्षेत्रमा हुने गलत क्रियाकलाप रोक्न दुवै मुलुकको सरकार गम्भिर हुनुपर्ने बताए ।
मधेश प्रदेशका पुर्वमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सासद रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणको लागि दुवै सरकारबाट पहल हुनुपर्ने बताए ।
नेकपा एमालेका मधेश प्रदेशका  सासद दीपेन्द्र ठाकुरले नेपाल भारतको सम्बन्धलाई नेपालको पशुपतिनाथ भारतको केदारनाथ, भारतको अयोध्यया र नेपालको जानकी माताले थप बलियो बनाएको बताए ।

सिमावति क्षेत्रमा आउने विवादलाई शान्तिपुर्ण रुपमा समाधान गर्नुपर्ने बताउदै सिमा क्षेत्रमा दुवै देशमा नागरिकलाई कुनै प्रकारको असहजता हुने जस्ता गतिविध गर्न नहुने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले नेपाल र र भारत बीच रोटीबेटीको सम्बन्ध रहेपनि खुल्ला सीमानाको विषयमा बृहत् समीक्षा हुन जरुरी रहेको बताए ।
कार्यक्रममा ंसंविधान सभा सदस्य डा.विजय कुमार सिंहले नेपाल भारतबीच भएको सुनौलि संधि अनुसार पनि भारतले नेपालसँग व्यवहार गर्न नसकिरहेको बताए ।
भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमारले नेपाल भारत बीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेका कारण सिमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले सिमा सम्बन्धी विवाद सुल्झाउन गठन गरिएको इपिजी समावेशी नरहेको बताए ।

इजिपी गठन हुदाँ सिमावर्ति क्षेत्रमा बस्ने कुनै विज्ञलाई नराखिएको उनको भनाई थियो । कार्यक्रममा दुवै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित खबर