LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश नेतृत्वमा लामो रसाक्सीपछि पदाधिकारीमा सहमति जुटेको छ ।
बुधवार साँझ देखि नै प्रदेश अधिवेशनलाई सर्वसहमति बनाउने नेताहरु लागि परेका थिए । तर पादधिकारीहरुमा धेरै अकांक्षिदेखिएपछि विहिवार साँझमा पदाधिकारीहरुमा सहमति जुटेको बताईन्छ । पदाधिकारी छनौटमा एमाले सचिव तथा कोशी प्रदेश इन्र्चाज रघुविर महासेठ र पोल्टि व्युरो सदस्य सुमन प्याकुरेल र प्रदेशा संसदीय दलका नेता सरोज यादव समुह बीच चर्को प्रतिस्पर्धा देखिएको थियो । त्यसैले सहमति जुटाउन मधेश प्रदेश इन्चार्ज योगेश भट्टाईलाई हम्मेपरेको छ ।
नेकपा एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्षमा यादव समुहका नेता चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्षमा महासेठ समुहका पर्साका संविधान सभा सदस्य विचारी यादव, सचिव वाराका मनोज पौडेल र उपसचिवमा रौटहतकी नेतृ आरती भण्डारी र धनुषाका मोहम्मद कैसको नाममा सहमति जुटेको छ ।
मण्डल सिरहाका जिल्ला अध्यक्ष समेत हुन् । मण्डललाई लिालनाथ श्रेष्ठपनि समर्थन गरेको थियो । महासेठले सुरुमा जनकपुरधाम उपमहानगरपालिका मेयरमा प्रतिद्वन्दी रहेका शिवशंकर साह हिरालाई पनि विचारी यादव, सर्लाहीमा जिल्ला अध्यक्ष राजनारयण साहसँगै अध्यक्षमा अगाडी सारेका थिए । त्यसमापनि सहमति नभएपछि महासेठले हिरालाई सचिव बनाउनेमा अडान लिएका थिए । तर हिराको नाममा सचिवमा पनि सहमति नभएपछि बाराका मनोज पौडलमा सर्वसहमत भएको थियो ।
अध्यक्षमा प्रबल्ल दावेदारको रुपमा देखिएका धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवलाई केन्द्रिय सदस्य बनाउने आश्वासन दिएपछि उनी अध्यक्षको रेसबाट ब्याक भएका थिए । पदाधिकारीहरुमा सर्वसहमत भएपनि पार्टीले अहिले सम्म अधिकारी घोषणा भने गरेको छैन ।
यसैबीच, २३१ सदस्य प्रदेश कमिटिमा भने सदस्यहरु अझै यचन भएको छैन । सदस्यहरुपनि सर्वसहमतिले टुंगो लगाउने प्रयास गरेपनि अहिले सम्म सहमति हुन सकेको छैन । सहमति नभएपछि आजै राती निर्वाचन प्रक्रिया सुरु हुने बताएको थियो । तर विहिवार साँझ एमालेका बारा जिल्ला सचिव कृष्णा पौडलेले आत्महत्या गरेपछि निर्वाचनको प्रक्रिया शुक्रवार विहान ८ वजे सम्मको लागि स्थगित गरिएको नेकपामा एक नेताले बताए । पौडेलले पारिवारिक तनावले डिप्रेशनम गएर आत्महत्या गरेको उनले बताए ।

सम्बन्धित खबर