LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशन सर्वसहतिले कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
निर्वाचन समितिका अधिकृत टिका दोज खड्काले सर्वसमतिले मधेश प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरु चयन गरि अधिवेश सम्पन्न भएको सुचना शुक्रवार साँझ सार्वजनिक गरेका छन् । एमालेको प्रदेश अध्यक्षमा सिरहाका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा वाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसहमतले पदाधिकारीमा चयन भएको अधिकृत खड्काले बताए ।
त्यसैगरि, प्रदेशको लेखा आयोगको अध्यक्षमा धनुषाका लक्ष्मीनारयण यादवलाई सर्वसहमतिले चयन गरिएको छ । २ सय ३५ सदस्य प्रदेश कमिटिमा पदाधिकारी वाहेक खुल्ला र विभिन्न कल्सटर गरि सप्तरीबाट २४, सिरहाबाट २८, धनुषाबाट ३६, महोत्तरीबाट २६, सर्लाहीबाट २६, रौतहटबाट २४, बाराबाट २९ र पर्साबाट २९ जना सदस्य चुनिएको निर्वाचन समितिले जनाएको छ । चुनिएका नयाँ कार्यसमितिको दशैपछि सपथ ग्रहण तथा पदास्थापना गरिने निर्वाचन अधिकृत खड्काले बताए ।
यता, अन्य प्रदेशमा एमाले निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्मपन्न भएपनि मधेश प्रदेशका सर्वसमतिले नयाँ पदाधिकारी चयन गर्दै अधिवेशन सम्मपन्न भएको पार्टीले जनाएको छ ।
अन्य प्रदेश भन्दा मधेश प्रदेशमा अहिले पार्टीप्रति सर्वसधारण तथा कार्यकताको चारमिङ्ग रहेकोले पार्टी नेतृत्वले सर्वसहमतिमै अधिवेशन सकाउनुपर्ने निर्देशन दिएका थिए । चुनाव भएको खण्डमा पार्टी भित्र मतभिन्ता बढ्ने तथा प्रदेशमा देखिएको पार्टीप्रति आकर्षण घट्ने र कार्यकर्तामा निरसा उत्पन्न हुने भनेर पार्टी नेतृत्वले इन्चार्ज भट्टाराईलाई सर्वसमतबाट अधिवेशन गराउन निर्देशन दिएका थिए ।
पार्टीको निर्देशन अनुसार भट्टराईले सर्वसमत गराउन निकै पहल गरेको बताईन्छ ।

सर्वसहमतिको लागि महासेठले पदाधिकारीमा प्रस्ताव गरेको नामावलीलाई चौतर्फि विरोध भएको थियो । एक नेताका अनुसार महासेठले प्रदेश अध्यक्षमा शिवकंशर साह हिराको नाम अगाडी सारेका थिए । त्यसको व्यपाक विरोध भएपछि उनी पर्साका विचारी यादवको नाम अगाडी सारेका थिए । त्यसमापनि पनि सहमति भएनन् । पछि सुमन प्याकुरेल र संसदीय दलका नेता सरोज यादव समुहले सिरहाका पार्टी अध्यक्ष चन्देश्वर मण्डलको नाम प्रस्ताव गरेका थिए ।
मण्डलको नाममा पार्टीका पोल्टि व्युरो सदस्य तथा धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठले पनि समर्थन गरे । दुवै पक्षबाट समर्थन पाएपछि महासेठले वाध्य भएर मण्डलमा सहमति जनाए । मण्डल पार्टीका सिरहा जिल्ला अध्यक्ष समेत हुन् ।

लामो समयदेखि पार्टीका लागेका मण्डलको नेतृत्वमा पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा प्रदेशमै सबभन्दा बढी सिट जिताउन सफल भएका हुन् । सिरहाका १८ वटा पालिका मध्ये ११ वटा पालिकामा एमालेलाई मण्डलले जिताएका छन् ।त्यसैगरि, प्रतिनिधी सभामा २ र प्रदेश सभामा ५ सिट जिताएका हुन् । त्यसको मुल्यांकन गरेर उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको एक नेताले बताए ।

यता, एमालेको मधेश प्रदेश अधिवेशन सर्वसमतिले सम्पन्न भएपनि प्रदेश कमिटिमा पार्टीका सचिव तथा कोशी प्रदेश इन्र्चाज रघुविर महासेठ आफ्नै गृहप्रदेशमा कमजोर देखिएका छन् । २३५ सदस्य प्रदेश कमिटिमा पार्टीका पोल्टि व्युरो सदस्य सुमन प्याकुरेल र प्रदेशका संसदीय दलका नेता सरोज यादव समुहको वहुमत देखिएको छ । पदाधिकारीमा प्याकुरेल–यादव समुहबाट अध्यक्षमा चन्देशवर मण्डल, उपसचिवमा आरती भण्डारी र लेखा आयोगको अध्यक्षमा लक्ष्मीनारायण यादव चुनिएका छन् ।

त्यसैगरि, महासेठ समुहबाट उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडल र उपसचिवमा मोहम्मद कैस चुनिएका छन् । यसरी हेर्दा पदाधिकारीमा दुवै समुहले तीन÷तीन जना पदाधिकारी पाएपनि पदिय हिसाबले प्याकुरेल–यादव समुह बलियो देखिएको छ । कारण एमालेका अध्यक्षलाई कार्यकारी व्यवस्था छ । एमालेका एक नेता अनुसार २३५ सदस्य प्रदेश कमिटिमा झण्डै १ सय ७० जना प्याकुरेल–यादव समुहका रहेका छन् ।
गृह प्रदेशमा महासेठले आफ्नै हैकम्वादी प्रवृति र निषेधको राजनीतिका कारण महासेठ कमजोर भएको नेता तथा कार्यकताहरुको भनाई छ ।
महासेठको निषेधको राजनीतिका कारण मधेशका राम्रा राम्रा नेताहरु एमाले छोडेर अन्य पार्टीका लागेको पार्टी भित्र बेलाबख्त आरोप लगाने गरिन्छ । एमालेका तत्कालिन नेता रामचन्द्र मण्डल, पछिल्लो समय माओवादी छोडेर एमालेमा छिरेका प्रभु साह पनि महासेठकै निषेध राजनीतिका कारण पार्टी छोडेको पार्टीकै नेताहरुले आरोप लगाउने गरेका छन् ।
महासेठलाई मधेश प्रदेशमा कमजोर बनाउन पार्टीका नेतृत्वको पनि हात रहेको एमालेका नेताहरुको भनाई छ । निर्वाचन ताका टिकट वित्तरणमा महासेठ हावि हुने गरेका थिए । यस्तोमा महासेठलाई साईजमा राख्न पनि पार्टीका नेतृत्व पंक्तिको आन्तरिक चाहना रहेको छ । हुनत पार्टी अध्यक्ष ओलीसँग महासेठको अहिले सम्बन्ध चिसिएको बताईन्छ ।
कुनै समय ओलीको विश्वासिलो पात्र मानिएका महासेठ तत्कालिन नेकपा विभाजन हुदाँ ओलि गुटलाई छोडेर प्रचण्ड र माधव नेपाल गुटमा मिलेर ओलिलाई कारर्वाही गर्ने पत्रमा हस्ताक्षर समेत गरेका थिए । सोही समयदेखि महासेठ र ओलिको सम्बन्ध चिसिएको पार्टीका नेताहरु बताउँछन् । महासेठलाई कमजोर बनाउनकै लागि मधेशको नभई कोशी प्रदेशको इन्चार्ज बनाउनुको पछाडिको उदेश्य पनि त्यही रहेको एक नेताले बताए ।
त्यसैगरि, मधेश प्रदेशको संसदीय दलको नेतामा महासेठले धनुषा ३ को ख बाट निर्वाचित दिपेन्द्र ठाकुरलाई बनाउन निकै अडान लिएका थिए । तर तर ओलीले आफ्ना विश्वासिलो पात्र सरोज यादवलाई बनाए । यसरी मधेश प्रदेशको संसदीय दलमा पनि महासेठ कमजोर अवस्थामा रहेको छ ।

नेकपा एमाले मधेस प्रदेश को प्रथम अधिवेशनबाट प्रदेश सदस्य पद मा सर्वसम्मत निर्वाचित  हकिम राईन .

सम्बन्धित खबर