LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

फाएजा फहमीदा
जनकपुरधाम । विगतका ४ दशकदेखि जनकपुरधाममा दशैँ,दिपावी तथा छठ पर्वको अबसरमा लाग्दै आएको दशै सास्त बजार यस वर्ष पनि शुरु भएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा आईतवार एक कार्यक्रम बीच दशै सास्ता बजारको मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले उद्घाटन गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको दशै बजारमा १ सय भन्दा बढी स्टलहरु रहेको दशैं बजार मूल समितिका अध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन् । यस पटकको दशैं बजारमा केही काठमाण्डौका व्यापारिहरु पनि स्टल बुक गराएको छ ।
गोपाल धर्मशालाको मूल भवन तथा बाहिर आकर्षक पण्डालको निर्माण गरेर दशैं बजारको व्यवस्थापन गरिईएको छ । दशै बजारमा खास गरेर स्वदेशमा उत्पादन भएको दैनिक उपभोग्यका सामाग्रीहरु, खाद्यान्नहरु, प्लाष्टिकका सामानहरु, अगरवत्ति, चियापत्तिको विक्रि अत्यधिक मात्रामा हुने गरेको छ ।
व्यापारिहरुले थोक मूल्यमा खुद्रा विक्रि गर्ने भएकाले दशैं बजारवाट कतिपय सामानहरु उपभोक्ताले वर्ष भरिका लागि भण्डारन गर्ने गरेका छन् । दशैं बजारवाट सामानहरु खरिद गर्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, सिन्धुली तथा उदयपुरका केही क्षत्रका बासीहरु आउने गरेका छन् ।
बजारको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले दशै बजारले सुसुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनमा मद्दत पुग्ने बताए । दर्शै बजारमा सामानहरुको गुणस्तर तथा तौलमा विषेश ध्यान दिनका लागि आग्रह गर्दै मन्त्री यादवले प्रदेश सरकारलाई संघीय सरकारको कूल बजेटको १.९० प्रतिशत मात्र रहेकाले यसवाट प्रदेशवासीको अपेक्षा अनुसार काम गर्न कठिनाई हुने गरेको बताए ।
मन्त्री यादवले मुलुकमा आर्थिक मन्दी आउनुमा बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह नगर्नु, विगतमा आयात रोक्नु, जग्गाको कित्ताकाटमा रोक लगाउनुका साथै मिटर व्याजको नाउँमा हुने गरेको त्रासका कारणले गाउँ घरमा आर्थिक कारोवार ठप्प भएर आएको दावी गरे । मिटर व्याजको नाउँमा ऋणको लगानी नभएपछि पनि आर्थिक शिथिलता गाउँहरुमा देखिईएको मन्त्री यादवको भनाई थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, पूर्व संघीय सांसद प्रमोद कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह र जनकपुरधा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश चन्द्र साहले मन्तव राखेका थिए ।

 

सम्बन्धित खबर