LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । जनकपुरधामका एकता बचत तथा ऋण सहकारी संस्था लि.को १३ औ वार्षिक साधारण सभा सम्मपन्न भएको छ ।
जनकपुर उद्योग वाणिज्य संघको सभा हलमा सोमवार आयोजना गरिएको साधारण सभाको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमको प्रमुख अतिथि मनोज कुमार साहले गरेका थिए । कोरोना महामारी तथा विश्व आर्थिक मन्दीका कारण कतिपय सहकारीहरुले जनताले बचत गरेको रकम डुबाउने गरेको तथा अधिकांश सहकारी संस्थाहरु नराम्री प्रभावित भएको वेला एकता बचत तथा ऋण सहकारी संस्थाले वितीय क्षेत्रमा उल्लेनिय कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गरे । उक्त सहकारी संस्थालाई शुभकमना दिदै मेयर साहले शाखा विस्तारको लागि संचालक समितिलाई अनुरोध समेत गरे ।

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा जनकपुरधाम उपमहानगरपालिका पुर्व उपमेयर मोहम्मद असगर अलीले सहकारीको शुभकामना दिदै समाजिक दायित्व अन्तर्गत संस्थाले गरिव, विपन्न, असहायहरुमा नाफाको केहि रकम खर्च गर्नुपर्ने बताए । सहकारी संस्था नाफा कमाउने उदेश्यले काम नभई समाजको विकास, समाजमा रहेको गरिव विपन्नहरुलाई सहयोग गरेर उनीहरुसँग सहकार्य गर्नुपर्नेमा नेता अलीले जोड दिए ।
एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यन्दु जैनले आफुहरुले सरकारीका सदस्य तथा बचतकर्ताहरुलाई केहि दिनमै एटिएम कार्ड समेत उपलब्ध गराउने बताए । लामो समयदेखि सहकारीसँग जुडेका ग्राहकहरुलाई मोबाईल बैंकिङ्गको सुविधा समेत दिदै आएको बताए ।
जैनको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्याम साह, नेता मनोज चौधरी सहितका वक्ताहरुले आफ्ना मन्तव राखेका थिए । कार्यक्रममा सो सहकारीका म्यानेजर मोबारक राईनले आर्थिक वर्ष २०८०÷०८१ म संस्थाको शेयर पुजि १ करोड ९४ लाख ८१ हजार, जगेडा लागयतका कोष १ करोड ३६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरि, सोह आर्थिक वर्षमा संस्थाले १० करोड ८२ लाख निरपेक्ष संकलन गरि ११ करोड ७६ लाख ऋण गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरि, संस्थाले चालु आर्थिक वर्षमा ६३ लाख १० हजार नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

सम्बन्धित खबर