LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

फाएजा फहमीदा
जनकपुरधाम । जनकपुरधाममा अगामी कार्तिकमा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।
अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरुको सहभागिता रहने उक्त सम्मेलनमा कार्तिक २२देखि २४ गते सम्म तीन दिन चल्ने छ । आयोजक संस्थाका प्रतिनिधी डा.राकेश कुमार सिंहले मंगलवार जानकी मन्दिरमा पत्रकार सम्मेलन गरि सोको जानकारी दिएका छन् ।
ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य संगठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको संयुक्त आयोजनामा हुने अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, यूक्रेन, ईजर्याल, भारत, भूट्टान, वंगलादेश, श्रीलंका, अष्ट्रेलिया, जर्मनी सहितका अधिकांश यूरोपेपी राष्ट्रहरुको सहभागिता रहने उनले बताए ।
करिव डेढ करोडको लागतमा हुने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने उनले बताए । स्थानीय महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा आयोजना हुने उक्त सम्मेलनमा आयुर्वेदको बर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तु सहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत्त छलफल र परामर्श हुने जानकी मंन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।
सम्मेलनले जनकपुरधामको धार्मिक तथा अध्यात्मिक पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउदै डा.सिंहले सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको मनरा सिवा नगरपालिका सहितले सहयोग गर्ने आश्वासन दिएको बताए ।

 

सम्बन्धित खबर