LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

फाएजा फहमीदा

जनकपुरधाम । धनुषाकी एक छात्रालाई एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनाईएको छ ।
प्लान इन्टरनेसन नेपाल नामक संस्थाले बुधबार आयोजना गरेको एक कार्यक्रममा कक्षा ९ मा अध्ययनरत १८ वर्षीया रजीना खातुनलाई एक घन्टाको लागि मन्त्री बनाईएको हो । कार्यक्रममा मन्त्री महेश प्रसाद यादवले सो कार्यक्रमको अवधी भर आफ्नो कुर्सीमा खातुनलाई बसाउदै पद तथा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका थिए । जनकनन्दनी गाउँपालिकाका एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत फरक क्षमता (अपांग) रहेकी खातुनलाई मनोवल उच्च बनाउन तथा समाजमा पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रूपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गरेको मन्त्री यादवले बताए ।
प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदहरूमा बालिकाहरुलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ । ति संस्थाले अहिले सम्म करिव दुई दर्जन बालिकाहरुलाई कहिले पालिका प्रमुख लगायतका पदमा पदासिन गराई सकेका छन् ।
एक घण्टाका लागि मन्त्रीको पद पाएकी किशोरी खातुनले सामुदायिक विद्यालयमा भएका समस्या तथा समाधानको विषयमा मन्त्री यादवलाई जानकारी दिँदै समाधानका लागि प्रयास गर्नका लागि आग्रह गरिन् ।

सम्बन्धित खबर