LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

फाएजा फहमीदा

जनकपुरधाम । धनुषाकी एक छात्रालाई एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनाईएको छ ।
प्लान इन्टरनेसन नेपाल नामक संस्थाले बुधबार आयोजना गरेको एक कार्यक्रममा कक्षा ९ मा अध्ययनरत १८ वर्षीया रजीना खातुनलाई एक घन्टाको लागि मन्त्री बनाईएको हो । कार्यक्रममा मन्त्री महेश प्रसाद यादवले सो कार्यक्रमको अवधी भर आफ्नो कुर्सीमा खातुनलाई बसाउदै पद तथा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका थिए । जनकनन्दनी गाउँपालिकाका एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत फरक क्षमता (अपांग) रहेकी खातुनलाई मनोवल उच्च बनाउन तथा समाजमा पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रूपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गरेको मन्त्री यादवले बताए ।
प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदहरूमा बालिकाहरुलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ । ति संस्थाले अहिले सम्म करिव दुई दर्जन बालिकाहरुलाई कहिले पालिका प्रमुख लगायतका पदमा पदासिन गराई सकेका छन् ।
एक घण्टाका लागि मन्त्रीको पद पाएकी किशोरी खातुनले सामुदायिक विद्यालयमा भएका समस्या तथा समाधानको विषयमा मन्त्री यादवलाई जानकारी दिँदै समाधानका लागि प्रयास गर्नका लागि आग्रह गरिन् ।

सम्बन्धित खबर