LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

फाएजा फहमीदा
जनकपुरधाम । सशस्त्र प्रहरीले हतियार सहित तिन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स व्युरोले दिएको सुचनाको अधामार सिरहाको लहानस्थित सशस्त्र प्रहरी बल क्याम्पबाट खटेको विशेष टोलीले लहान नगरपालिका–१ सिङराहीमा तीनलाई चेकजाँचको क्रममा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुंगगा नगरपालिका ८मा बस्ने ३२ वर्षिय अनिल राम, सोहि स्थानका ३० वर्षिय जिबान्नद चौधरी र ३५ वर्षिय संजय प्रसाद रहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डि आई जि दिपेन्द्र शाहले जानकारी दिए । स ९प ४९७१ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरीले चेकचाँज गरेपछि उनीहरु हतियारसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले आधुनिक हतियार ५ एम एम ब्राउण्डिड. १ थान पेस्तोल,सोमा प्रयोग हुने म्याग्जिन १ थान, गोली २ राउण्ड बरामद गरेको छ ।
त्यसैगरि, नगद लाख २४ हजार दुइ सय ५३ रुपैयाँ, ४ सेट मोबाईल र विभिन्न कम्पनिका ४ लाख ६४ हजार ५ सय मुल्य बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको छ । पक्राउ परेकोलाई थप अनुसन्धान तथा कानुनी कारर्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने डिआईजी शाहले जानकारी दिए ।

सम्बन्धित खबर