LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

फाएजा फहमीदा
जनकपुरधाम । सशस्त्र प्रहरीले हतियार सहित तिन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स व्युरोले दिएको सुचनाको अधामार सिरहाको लहानस्थित सशस्त्र प्रहरी बल क्याम्पबाट खटेको विशेष टोलीले लहान नगरपालिका–१ सिङराहीमा तीनलाई चेकजाँचको क्रममा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुंगगा नगरपालिका ८मा बस्ने ३२ वर्षिय अनिल राम, सोहि स्थानका ३० वर्षिय जिबान्नद चौधरी र ३५ वर्षिय संजय प्रसाद रहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डि आई जि दिपेन्द्र शाहले जानकारी दिए । स ९प ४९७१ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरीले चेकचाँज गरेपछि उनीहरु हतियारसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले आधुनिक हतियार ५ एम एम ब्राउण्डिड. १ थान पेस्तोल,सोमा प्रयोग हुने म्याग्जिन १ थान, गोली २ राउण्ड बरामद गरेको छ ।
त्यसैगरि, नगद लाख २४ हजार दुइ सय ५३ रुपैयाँ, ४ सेट मोबाईल र विभिन्न कम्पनिका ४ लाख ६४ हजार ५ सय मुल्य बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको छ । पक्राउ परेकोलाई थप अनुसन्धान तथा कानुनी कारर्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने डिआईजी शाहले जानकारी दिए ।

सम्बन्धित खबर