LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

फाएजा फहमीदा

जनकपुरधाम । मधेशको समाजिक, राजनितिक र संस्कृतिक लगायतका विषयमा जनकपुरधाममा एक सार्थक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
मधेश मानस नामक संस्थाको आयोजनामा आगमी शुक्रवार हुने अन्तरक्रिया कार्यक्रममा ‘मधेशके निरासा भित्तर नुकाएल आशा’ विषयमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुले आफ्नो विचार राख्ने छन् । स्थानीय गंगासागर पोखरीको डिलमा हुने उक्त अन्तरक्रिया कार्यक्रममा अन्तर्गत २५ बर्ष पछिको जनकपुरधाम शिर्षकमा मधेश प्रदेश सरकारकी मन्त्री सुरिता साह, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, उपमेयर किशोरी साह र प्रदेश पुर्व निती आयोगका प्रमुख डा भोगेन्द्र झा वक्तारुपमा सहभागि रहने आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरी, मधेश राजनितीको निराशा भित्र लुकेको आशा शीर्षकमा मधेश प्रदेशका पुर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनितीक विश्लेषक राकेश मिश्र र मास नामक संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा सहभागि रहने छन् ।
त्यसैगरि, छठको समाजिक तथा संस्कृतिक महत्व बारेको शीर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मधेशको समाजिक, राजनितिक र संस्कृतिक क्षेत्र बारेमा अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले स्थापना गरिएको मधेश मानससँग लेखक तथा समाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झा आवद्ध रहेका छन् ।

सम्बन्धित खबर