LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

फाएजा फहमीदा

जनकपुरधाम । मधेशको समाजिक, राजनितिक र संस्कृतिक लगायतका विषयमा जनकपुरधाममा एक सार्थक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
मधेश मानस नामक संस्थाको आयोजनामा आगमी शुक्रवार हुने अन्तरक्रिया कार्यक्रममा ‘मधेशके निरासा भित्तर नुकाएल आशा’ विषयमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुले आफ्नो विचार राख्ने छन् । स्थानीय गंगासागर पोखरीको डिलमा हुने उक्त अन्तरक्रिया कार्यक्रममा अन्तर्गत २५ बर्ष पछिको जनकपुरधाम शिर्षकमा मधेश प्रदेश सरकारकी मन्त्री सुरिता साह, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, उपमेयर किशोरी साह र प्रदेश पुर्व निती आयोगका प्रमुख डा भोगेन्द्र झा वक्तारुपमा सहभागि रहने आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरी, मधेश राजनितीको निराशा भित्र लुकेको आशा शीर्षकमा मधेश प्रदेशका पुर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनितीक विश्लेषक राकेश मिश्र र मास नामक संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा सहभागि रहने छन् ।
त्यसैगरि, छठको समाजिक तथा संस्कृतिक महत्व बारेको शीर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मधेशको समाजिक, राजनितिक र संस्कृतिक क्षेत्र बारेमा अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले स्थापना गरिएको मधेश मानससँग लेखक तथा समाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झा आवद्ध रहेका छन् ।

सम्बन्धित खबर