
जनकपुरधाम । नेपाल हिन्दु अधिराज्य अभियानका अगुवा तथा व्यापारी दुर्गा प्रसाईले बैंक तथा वितीय संघसंस्थाको व्याज तथा बिजुलीको पैसा नर्तिन सर्वसधारणलाई अग्राह गरेका छन् ।
मंगलवार जनकपुरधाममा एक कार्यक्रमको सम्बोधन गर्दै प्रसाईले नेपालका बैंक तथा वितीय संघस्थाहरुले चर्को व्याज बढाएर हजारौ नेपाली जनताको उठिवास लगाएको भन्दै ति बैैंक तथा वितीय संघसंस्थाहरुको व्याज नगर्न आग्रहा गरे । नेपालको आर्थिक तथा वितीय क्षेत्रमा कुनै खास सामुदायको वर्चस्व रहेको भन्दै व्याजको व्याज तिर्न नसकेको दैनिक आत्महत्या गर्ने, विदेश पलायनको हुने संख्या बढ्दै गएको उनको भनाई थियो ।
सरकारले टिकटक बन्द गरेपछि आफुहरुको समाजिक सञ्जालको आन्दोलन सफल हुदै गएको उनले दावि गरे । उनले आफुहरुको आन्दोलनलाई सफल बनाउन देशभरि मंसिर ८ गते काठमाण्डौ पुग्न सर्वसधारणलाई अग्रहा गरे ।