LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

फाएजा फहमीदा
जनकपुरधाम । प्रदर्शन नहुदै विवादमा परेको फिल्म काँडेतार आउँदो फागुन २५ गतेदेखि देशभरि प्रदर्शन हुने भएको छ ।
नेपाल भारतको सिमा क्षेत्रका हुने अपराध तथा सिमामा क्षेत्रमा बसोवास गर्ने आमनेपाली जनतामाथिको अत्याचारलाई विषय वस्तु बनाएको उक्त चलचित्र प्रदर्शन भएको खण्डमा भारतसँगको सम्बन्ध खराब हुने भनेर नेपालका चलचित्र सेन्स बोर्डले ६ महिना सम्म फिल्म प्रदर्शनको लागि अनुमति दिन आनाकानी गरिहेको थियो । उक्त फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले आईतवार जनकपुरधाममा पत्रकार सम्मेलन गरि सेन्सर बोर्डले फिल्म प्रदर्शनको अनुमति दिएकोले आउँदो फागुन २५ देखि रिलिज हुने बताए ।

उक्त चलचित्रको निर्देशन तथा खेलक नवल खड्का आफैले गरेका छन् । चलचित्रमा खड्का आफ्नै तराईवासीको आमजनताको भुमिका देखिएका छन् । भने फिल्मको नायकको भुमिकामा धनुषाको धनुषाधामका प्रशान्त यादव रहेका छन् । त्यसैगरि, नायिकको भुमिका गौरव र रेविक गुरुङ्ग रहेक छिन् । त्यसवाहेक चलचित्रमा मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतका कलाकारहरु मुख्य पात्रको रुपमा रहेको निर्माता खड्काले बताए ।

यो चलचित्र देशभक्ति र मनोरञ्जनात्मक रहेको बताउँदै निर्माता ख्डकाले भने,‘ चिलचित्रमा सिमा हुने अपराध, सिमावासीले भोगेको पीडाको साथसाथै नेपाल निर्माणको इतिहासको वारेमा देखाइएकोले यो सबै नेपालीले एक पटक देख्नुपर्ने फिल्म हो ।’ काठकाण्डौको सिंहदवारमा बसेर राष्ट्र र राष्ट्रियताको नारा दिनेहरुलाई तराई मधेशका सीमावर्ति क्षेत्रका बस्ने आमनेपाली जनताले कसरी सीमा जोगाएर राखेका छन ? त्यसको हेक्का उनीहरुलाई पनि हुनुपर्ने निर्मता खड्काको तर्क थियो ।

नेपालका तराई पहाड हिमाललाई चलचित्रका माध्यले पनि जोडनु आवश्यक रहेको उल्लेख गर्दै चलचित्र निर्मता संघका अध्यक्ष समेत रहेका खड्काले भने,‘चलचित्रमा सबै क्षेत्रका भाषा, सास्कृतिकलाई समेटिन नसक्दा नेपाली चलचित्र क्षेत्रको विकास हुन सकेको छैन । तराई मधेश नेपाली चलचित्रको लागि ठुलो बजार हुन सक्छन्, ५१ प्रतिशत नेपाली तराई मधेशमै बस्छन् । यहाँको मौलिकता, साँस्कृति, रहन सहनसँग सुहाउँदो चलचित्र निर्माण गरिएको खण्डमा नेपाली सिनेमालाई विश्वको बजार खोजिरहनुपर्दैनन् ।’ उनले तराइलाई चलचित्रको हवको रुपमा विकास गर्न सकिने बताए । फिल्मको विषय वस्तु र प्राविधिक हिसावले काँडेतार फिल्म निकै अव्वल रहेको उनले दावि गरे ।

सम्बन्धित खबर