LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । प्रदेश कृषि विकास सम्बन्धि व्यवस्था गरेको विद्येयक आज प्रदेश सभामा टेबुल गरिएको छ ।
आज बसेको प्रदेश सभाको वैठकमा प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले प्रदेशको कृषि विकासको लागि प्रदेश कृषि विकास सम्बन्धि व्यवस्था गरेको विद्येयक टेबुल गरेका हुन् । कृषि कानुनको अभावमा मधेश प्रदेशमा कृषि विकास सम्बन्धी कार्य प्रभावित हुने गरेकोले प्रदेश सरकारले प्रदेश कृषि विकास सम्बन्धी विद्येयक ल्याएको मन्त्री न्यौपानेले जानकारी दिए ।
कृषि सम्बन्धी कानुन निर्माण भएको खण्डमा प्रदेश सरकारलाई कृषिको दिगो विकास गर्न सहजता हुने बताउदै मन्त्री न्यौपानेले भने,‘ यसले यहाँका किसानका साथै सरोकारवालाहरुले कृषि सम्बन्धी झेल्दै आएको समस्या समाधान हुनेछ ।’
प्रदेश सभाको वैठक अगामी वैठक १७ गते बस्ने गरि आजको शुक्रवार बसेको प्रदेश सभको वैठक स्थगित भएको प्रदेश सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

 

सम्बन्धित खबर