LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । प्रदेश कृषि विकास सम्बन्धि व्यवस्था गरेको विद्येयक आज प्रदेश सभामा टेबुल गरिएको छ ।
आज बसेको प्रदेश सभाको वैठकमा प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले प्रदेशको कृषि विकासको लागि प्रदेश कृषि विकास सम्बन्धि व्यवस्था गरेको विद्येयक टेबुल गरेका हुन् । कृषि कानुनको अभावमा मधेश प्रदेशमा कृषि विकास सम्बन्धी कार्य प्रभावित हुने गरेकोले प्रदेश सरकारले प्रदेश कृषि विकास सम्बन्धी विद्येयक ल्याएको मन्त्री न्यौपानेले जानकारी दिए ।
कृषि सम्बन्धी कानुन निर्माण भएको खण्डमा प्रदेश सरकारलाई कृषिको दिगो विकास गर्न सहजता हुने बताउदै मन्त्री न्यौपानेले भने,‘ यसले यहाँका किसानका साथै सरोकारवालाहरुले कृषि सम्बन्धी झेल्दै आएको समस्या समाधान हुनेछ ।’
प्रदेश सभाको वैठक अगामी वैठक १७ गते बस्ने गरि आजको शुक्रवार बसेको प्रदेश सभको वैठक स्थगित भएको प्रदेश सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

 

सम्बन्धित खबर