LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले प्रहरी समायोजन र प्रदेश निजामति कर्मचारी प्रदेशहरुले राख्न सक्ने मार्ग अभिलम्भ खुला गर्न संघिय सरकारसँग माग गरेका छन् ।
शनिवार जनकपुरधाममा बेलायती ब्राण्डमा बेलाको होमएप्लाईसेसको दोस्रो शाखा उद्घाटनको समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले संघियता विरोधी तत्वको उकुमुस बढेको भन्दै संघियतालाई अभिलम्भ पुर्ण कार्यन्वयमा ल्याउन संघिय सरकारसँग आग्रहा गरे । पटक पटकको आन्दोलन उपलब्धी गणतन्त्र, संघियतालाई कसैले समाप्त गर्न सक्दैनन, नेता निधीले भने,‘ दुई÷चार जना राजाका समर्थकले चाहदैनमा नेपालमा राजतन्त्र स्थापित नहुने होईन, नेपाली जनताको बलिदानी र त्यागलाई कसैले खेलवाड गर्न सक्दैनन् ।’
गणतन्त्र तथा संघिय व्यवस्थाको पक्षमा रहेका दलहरुले अहिले एक जुट हुनु आवश्यक रहेको उल्लेख गर्दै नेता निधीले भने,‘ प्रदेश सरकार कमजोर भएकाले संघियता विरोधी भावना बढ्दै गएको छ । त्यसकारण संघिय सरकारले अभिलम्व प्रदेश प्रहरी र प्रदेश निजामति कर्मचारीको राख्न सक्ने वातावारण बनाउन सक्ने वातावरण दिनुपर्छ ।’


संघियताको सवालमा मधेश जस्तै जस्तै अन्य प्रदेशहरुले पनि सक्रियतासाथ अवाज उठाउनुपर्ने नेता निधीको भनाई थियो । विदेशमा सिकेको सीपलाई आफ्नै गाउँठाउँमा उद्योग खोलि रोजगारीको अवसरमा दिएकोमा बेलाको कम्पनिका सिईओलाई अब्दुल वाशिदलाई उनले धन्यवाद समेत दिए ।
विश्व व्यापि रुपमा आर्थिक मन्दी संकट देखिएको कारण कतिपय उद्योग कलकारखा प्रभावित भइरहेको वेला त्यसलाई चुनौति दिदै जनकपुरधाममा बेलायती ब्राण्डले बेलाको होमएप्लाईसेसले मधेश प्रदेशको राजनधानी जनकपुरधाममा आफ्नो दोस्रो शाखा विस्तार गरेको छ ।

बेलाको ब्राण्डका घरायसी विद्यृतिय समाग्री उत्पादनले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने सिइओ अब्दुल वाशिदले दावि गरे । बेलाको कम्पनिको ब्राण्ड बेलायत, कत्तारमा धेरै लोकप्रिय रहेको र अव नेपालमा पनि लोकप्रिय बनाउने आफ्नो उदेश्य रहेको उनले बताए ।
कम्पनिका अध्यक्ष हाजी मोहम्मद इसरायलको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलाको कम्पनिका ब्राण्ड एम्बेस्टर नेपाली चलचित्रका नायक प्रदिप खड्का, एनआरएनका युरोप संयोजक चिन्तामिण सापकोटासहितका मन्तव राखेका थिए ।

सम्बन्धित खबर