LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । अर्थतन्त्रमा देखिएको संकटको बेला बजारमा चरम आर्थिक बन्दी रहेको छ । तराईमा औद्योगिक करिडोरले उत्पादन गरेको समानले बजार पाउन सकेको छैन । कतिपय उद्योग बन्द देखिएको छ भने कतिपय उद्योग बैंकको ऋणको कारण आर्थिक समस्या यथावत रहेको छ । यहि समस्यालाई चुनौती दिदै बेलायती ब्राण्डले बेलाको होमएप्लाईसेसले मधेश प्रदेशको राजनधानी जनकपुरधाममा आफ्नो दोस्रो शाखा विस्तार गरेको छ ।
बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्यृतिय उत्पादनले सामुदायलाई जोडने काम गर्ने विश्वास संचालकले लिएको छ । यो ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो, यो ब्राण्ड बेलायत र कत्तारमा निकै लोकप्रिय रहेको बताउँदै कम्पनिका कार्यकारी अधिकृत(सिईओ) अब्दुल वाशिदले भने,‘ विदेशमा बनाएर घर घरमा पुर्याउदै आएको बेलाको ब्राण्डका उपकरणहरु भविष्यमा नेपालमै उत्पादन गर्ने तयारी गरिरहेका छौ ।’


बेलाको ब्राण्डका घरायसी विद्यृतिय समाग्री उत्पादनले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने सिइओ वाशिदले दावि गरे । ‘यो ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो, यो ब्राण्ड बेलायत र कत्तारमा निकै लोकप्रिय रहेको बताउँदै कम्पनिका कार्यकारी अधिकृत(सिईओ) वाशिदले भने,‘ विदेशमा बनाएर घर घरमा पुर्याउदै आएको बेलाको ब्राण्डका उपकरणहरु भविष्यमा नेपालमै उत्पादन गर्ने तयारी गरिरहेका छौ ।’
बेलाको कम्पनिको ब्राण्ड बेलायत, कत्तारमा धेरै लोकप्रिय रहेको र अव नेपालमा पनि लोकप्रिय बनाउने आफ्नो उदेश्य रहेको उनले बताए । गैर नेपाली अवाशिय संघ अन्तर्गत युवा संघका उपाध्यक्ष समेत रहेका सिईओले विदेशमा सिकेको सीप र आर्जन गरेको पैसाले थोरै भएपनि आफ्नो देशको सम्वृद्धिको यात्रामा टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।


सो शाखाको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा सिकेको सीपलाई आफ्नै गाउँठाउँमा उद्योग खोलि रोजगारीको अवसरमा सृर्जना गरेकोमा कम्पनिका सिईओलाई धन्यवाद समेत दिए । उनले नेपाली जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्र, संघियतालाई कसैले समाप्त गर्न नसक्ने दावि गरे । दुई चार जना राजाका समर्थकहरुले चाहदैनमा नेपालमा राजतन्त्र स्थापित नहुने बताउदै नेता निधीले भने,‘ संघिय सरकारले तत्काल प्रदेश सरकारहरुले प्रदेश प्रहरी र प्रदेश कर्मचारीको राख्न सक्ने वातावारण बनाउनु अहिलेको आवश्यकता छ ।’
कम्पनिका अध्यक्ष हाजी मोहम्मद इसरायलको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलाको कम्पनिका ब्राण्ड एम्बेस्टर नेपाली चलचित्रका नायक प्रदिप खड्का, एनआरएनका युरोप संयोजक चिन्तामिण सापकोटासहितका मन्तव राखेका थिए ।

सम्बन्धित खबर