जनकपुरधाम । गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमलाई मधेश प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
मधेश प्रदेश सरकारको आज सोमवार बसेको मन्त्रिपरिषदको वैठकले मधेश प्रदेश सरकारको कार्यसम्पदान नियमावली २०८० को नियम २९ बमोजिम गृहमन्त्री समिमलाई प्रवक्ताको जिम्मेवारी तोकिएको तोकिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव रामकृष्ण पुडासैनीद्वारा जारी प्रेस विज्ञप्तीमा गृहमन्त्री समिमलाई आज सोमवारदेखि प्रवक्ताको जिम्मेवारी तोकिएको उल्लेख छ । यस अघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री संजय कुमार यादवलाई तोकिएको थियो ।