जनकपुरधाम । मुलुकमा संघिय लोकतान्त्रिक व्यवस्था विरुद्ध अजाव उठिरहेको बेलाको मधेश प्रदेश सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र पक्षको संकल्प प्रस्ताव सर्वसहमत पारित भएको छ ।
नेकपा एमालेका सचेतक हरिनारण महतोले बुधवार बसेको प्रदेश सभाको वैठकमा संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था पक्षमा संकल्प प्रस्ताव पेश गरेका थिए । संघियता सहितको गणतन्त्र बलियो बनाउने विषयको प्रस्ताव गरिएको संकल्प प्रस्तावमा प्रदेश सभामा रहेका सबै दल तथा सासदहरुको पुर्ण समर्थनमा पारित भएको प्रदेशका उपसभामुख बविता राउत ईशरले घोषणा गरिन् ।
उपसभामुख इश्वरले उक्त संकल्प प्रस्ताव माथि ध्वनि मतको अधारमा हुन्छ वा हुन्न भनेर मतको विभाजन गर्दा हुन्न भनेर शब्द नसुनिएको तथा हुन्छ भनेर अवाज मात्र सुनिभएको भन्दै निर्णयार्थ संकल्प प्रस्ताव सर्वसहमत पारितत भएको हो । प्रदेश सभाको वैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले संघिय सरकारले पुर्ण संघियता कार्यान्वयनमा ढिलाई गर्दा संघियता विरुद्धको अवाज उठाउनेको सहास बढेको बताए । प्रदेश सरकारसँग प्रहरी तथा निजामती कर्मचारी नभएका कारणले कतिपय कामकाज गर्नमा ढिलाइ भइरहेको बताउँदै प्रदेश सरकारलाई ३ हजार २ सय कर्मचारी आवश्यक भएपनि अहिले १ हजार ६ सय पनि नरहेको उनले गुनासो गरे ।
मुलुकमा संघिय व्यवस्था आएको ८ वर्ष पुगेको र प्रदेश सरकार गठन भएको ६ वर्ष भईसक्दापनि जन अपेक्षा अनुसार कार्य नहुदाँ जनतामा निरसा बढेको र त्यसको फाईदाँ संघियता विरोधी शक्तिले उठाईरहेको मुख्यमन्त्री यादवले दावि गरे । प्रदेश सरकारले काम गर्न धेरै चाहनाहरु रहेको छ, मुख्यमन्त्री यादवले भने,‘ तर आफ्नो जग्गा, प्रशासन तथा प्रहरी छैन । यि आवश्यक निकाय नहुदाँ काम गर्न कठिनाई भईरहेको छ ।’
नेकपा एमालेका सचेतक महतोले पेश गरेको प्रस्तावमा नेपाली काँग्रेसका कुमरकान्त झा, जसपाका रामअशिष यादव, जनमतका संजय कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रानी शर्मा तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोईत, नेकपा एमालेका राजकुमार लेखी, नेपाली काँग्रेसका जीवछी कुमारी यादव, जसपाका सरोज कुमार सिंह, स्वतन्त्र प्रदेश सभाका सदस्य अविरुद्ध प्रसाद सिंह सहितले समर्थन जनाएका थिए । प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मको लागि स्थगित गरिएको छ ।







