LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनता प्रगतिशिल पार्टीका अध्यक्ष तथा पुर्वमन्ी ह्दयेश त्रिपाठीले निर्वाचनमा हुने समानुपातिक सीट हटाउनुपर्ने बताएका छन् ।
समानुपातिक सीटका कारण कुनै पनि पार्टीले वहुमतको सरकार बनाउन नसक्ने अवस्था देखिएको बताउदै अध्यक्ष त्रिपाठीले सो प्रक्रिया हटाउनुपर्ने बताए ।
म्ंगलवार दिउँसो जनकपुरधाममा पत्रकार भटघाट कार्यक्रममा अध्यक्ष त्रिपाठीले समानुपातिक तर्फको सीट हटाएर प्रत्यक्ष तर्फ केहि सीट बढाउदाँ निर्वाचन प्रक्रिया र सरकार निर्माणमा पनि सहजता हुने बताए । दलित, आदीवासी, महिला तथा आरक्षित सामुदायको लागि कुनै खास क्षेत्रलाई केहि वर्षको तोक्न सक्ने गरि व्यवस्था गर्दा राम्रो हुने उनको तर्क थियो ।
संविधान निर्माण हुदाँ विभिन्न असंतुष्टीहरु थियो, उनले भने,‘ ति असंतुष्टीलाई सम्बोधन नगरि संविधान जारी गर्ने काम भयो,त्यसकारण संघियतामा गएरपनि अहिले विभिन्न क्षेत्रबाट संविधानलाई घाईते बनाउने काम भईरहेको छ ।’राज्य पुनसंरचनाको नाममा मुलुकको पुनसंरचना गर्ने काम मात्रै भएको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले भने,‘ त्यतिवेला प्रदेशका संरचनाहरु कस्तो हुने ? कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कस्तो हुने लगायतका विषयमा कुनै छलफल भएन त्यसकारण अहिले संविधान कार्यान्वयमा राष्ट्रिय पार्टीहरुले नै झेल गरिरहेका छन् ।’
‘स्थानीय तहलाई अधिकार दिएर बलियो बनाउने काम भयो तर प्रदेशलाई अधिकारबाट वञ्चित गरि कमजोर बनार्ईको छ, जुन संसारको कुनै पनि मुलुकमा छैन,त्यसकारण संघियताका विकृति हो, यसलाई संविधान संसोधन मार्फत सच्चाउनुपर्छ,’ उनले भने ।
धर्मको नाम दिएर राजा ल्याउने षडयन्त्र भईरहेको बताउदै उनले भने,‘ मधेश अहिले क्षतविक्षत भईसकेको छ, समाजिक रुपमा पनि र राजनीतिक रुपमा पनि । हिन्दु राष्ट्रको नाममा समाजमा द्वन्द फैलाउने, धर्मको नाम दिएर राजा ल्याउने षडयन्त्र भईरहेको छ । अर्को तर्फ मधेशवादी दलहरु आफ्ना एजेण्डा छोडेर मधेश विरोधी शक्तिहरुसँग गठबन्धन गरि सत्ता स्वार्थमा लागेका छन् ।’ स्थानीय तहमा हुने निर्वाचनबाटै जातीवादको सुरुवात भएको बताउदै उनले भने,‘ स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार र बेरुजु छन । तर त्यसलाई खोजबिन गर्ने निकाय छैन ।’ स्थानीय तहको गलत प्रवृतिको कारण पनि संघियता विरुद्ध वितृष्ण फैलिएको उनले बताए । बैंक तथा वितीय संघसंस्थाको लापर्वाहीको कारण मुलुक आर्थिक रुपमा दयनिय अवस्थामा पुगेको उनले आरोप लगाए ।

 

सम्बन्धित खबर