LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

फाएजा फहमीदा

जनकपुरधाम । मधेश प्रदेशमा जनसांख्यिक चापको प्रभाव बारे बहस हुने भएको छ । आउदो शुक्रबार नोर्थ साउथ कलेक्टिव्स जनकपुरधामको प्राङ्गनमा बहस हुन लागेको हो ।
‘मधेश विर्मश श्रृख्ला’ अन्र्तगत नोर्थ साउथ कलेक्टिव्सको आयोजनामा प्रत्येक महिना विभिन्न विषयवस्तुमाथि बहस हुँदै आएको छ । सोही मधेश विर्मश श्रृख्लालाई निरन्तरता दिँदै ‘मधेशमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले जानकारी दिए । उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहेको छ ।
यस्तै, विर्मशमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारु र कान्तिपुरका पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन÷अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए । मधेशमा गौन रहेको विषयहरुमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए ।
‘मुख्यत हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो,’उनले भने,‘त्योसंग संगै यस प्रकारको कार्यक्रममार्फत गौन रहेको महत्तवपूर्ण मुद्दाहरु पनि बाहिर ल्याउने प्रयास गरेका छौं ।’

 

सम्बन्धित खबर