LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

फाएजा फहमीदा

जनकपुरधाम । मधेश प्रदेशमा जनसांख्यिक चापको प्रभाव बारे बहस हुने भएको छ । आउदो शुक्रबार नोर्थ साउथ कलेक्टिव्स जनकपुरधामको प्राङ्गनमा बहस हुन लागेको हो ।
‘मधेश विर्मश श्रृख्ला’ अन्र्तगत नोर्थ साउथ कलेक्टिव्सको आयोजनामा प्रत्येक महिना विभिन्न विषयवस्तुमाथि बहस हुँदै आएको छ । सोही मधेश विर्मश श्रृख्लालाई निरन्तरता दिँदै ‘मधेशमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले जानकारी दिए । उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहेको छ ।
यस्तै, विर्मशमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारु र कान्तिपुरका पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन÷अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए । मधेशमा गौन रहेको विषयहरुमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए ।
‘मुख्यत हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो,’उनले भने,‘त्योसंग संगै यस प्रकारको कार्यक्रममार्फत गौन रहेको महत्तवपूर्ण मुद्दाहरु पनि बाहिर ल्याउने प्रयास गरेका छौं ।’

 

सम्बन्धित खबर