LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । प्राचिन मिथिलाको राजधानी जनकपुधाम यति वेलामा रामजानी विवाहपञ्चमी महोत्सवमा श्रद्र्धालुभक्तजनले भरिभराउ छ ।
नेपाल तथा भारतका विभिन्न स्थानबाट भागवान राम र सीताको विवाह महोत्सवमा हिन्दुधर्मावलम्वी श्रद्र्धालुहरुको संख्या दिनदनै थपिदै छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ ।
आजु मिथिला नगरीया नेहाल सखिया । चारो दुल्हामे बरका बबाल सखिया ।। जस्ता मधुर स्वरमा दिनभरि लाउडिस्पीकरमा बच्ने गीतले मिथिला समाजमा विहेवारीको समय प्रारम्भव भएको जनाउ दिईरहेका छन् ।
महोत्सवको आज चौथो दिन तिलकोत्सव मनाइएको छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिने चलन छ । विवाह हुनु अघि मिथिलामा बेहुली पक्षले बेहुला अर्थात बरको को घरमा कोसेली ( भार) लिएर जाने चलन रहेको छ । सोही परम्परालाई जानकी मन्दिरले पनि विवाहपञ्चमी महोत्सवमा निरन्तरता दिदै आएको छ ।
तिलकोत्सवको लागि शुक्रवार जानकी मन्दिरका महन्थ, साधुसन्त तथा नागरिक समाजका व्यक्तिहरुले दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित कम्तिमा १०१ भार (कोसेली) सहित बाजागाजसहित जनकपुरधामकै राममिन्दरमा पुगेका थिए । त्यहाँ पुगेपछि तिलोत्सव कार्यक्रम सुरु भयो । तिल्कोत्सवमा जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास सीताको बुवाको रुपमा र राम मन्दिरका महन्थ राम गिरी रामको बुवाको रुपमा सम्धी मिलान पछि तिल्कोत्सव सम्पन्न भएको थियो । तिलोत्सव उत्सवको क्रममा मिथिलाकी महिलाहरु व्यंगात्यम तथा ठ्ठौली लोक गीतहरु गायर बेहुला पक्षलाई जिस्काउने गरिन्छ ।


मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँने महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ । तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्म राम र राजा जनककी छोरी सीता बीच वैवाहिक सम्बन्धमा बाधिएको थियो ।
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेणी मार्ग पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेलाको आयोजना हुने गर्दछ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पुर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको हो ।

अन्नबाट सबभन्दा ठुलो सीतारामको प्रतिमा बनाई बल्ड रेकर्ड बनाउदै जनकपुरधाम

यस वर्षको महोत्सवको मुख्य आकर्षकको रुपमा अन्नबाट मनाईने संसारकै ठुलो रामसीताको प्रतिमा बनाईएको छ ।
१ सय ११ क्वीन्टल अन्नको प्रयोग गरि ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा बनाउने कार्य आज शुक्रवार साँझ सम्पन्न हुदै छ । विगत ५ दिनदेखि उक्त प्रतिमा निर्माण कार्य स्थानीय रंगभुमि मैदान वारह विघामा भईरहेको थियो ।

धान, गहुँ, मकै, बदाम, चाना, लहरको दाल, मसुरको दाल, चामल, उरिदको दाल सहितका अन्न प्रयोग गरि रामसीता, राजा जनक र लक्ष्मको आकर्षक प्रतिमा बनाईको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।
भारतको मध्य प्रदेशको हरदा जिल्लाका कुकरावद निवासी सतिस प्रसाद गुर्जरको नेतृत्वको टोलीले प्रतिमा निर्माण गरेका हुन् । गुर्जर विगत ४ वर्षदेखि यो यस्ता विभिन्न प्रतिमाहरु बनाई सकेका छन् । अन्नबाट निर्माण हुने ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमा बल्ड रेकर्ड हुने उनले बताए ।

यो प्रतिमाको योजनाकार जनकपुरकी विद्यार्थी गुनजन मिश्र हुन ्मिश्रले नै अन्नबाट सो प्रतिमा बनाएर जनकपुरधामलाई विश्वमा अझै चिनाउनुपर्छ भनेर जनकपुरधामका मेयर मनोज कुमार साह र जानकी मन्दिरका महन्थलाई सुझाएका थिईन । त्यसपछि प्रतिमा निर्माणको प्रक्रिया अगाडी बढेको छ ।
प्रतिमा निर्माणमा लाग्ने अन्नको व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका र जनकपुर उद्योग वाणिज्य संघले गरेको छ ।

सम्बन्धित खबर