LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले समानुपातिक, समावेशी निर्वाचन प्रणालीका कारण कुनैपनि राजनीतिक दलको अस्पष्ट वहुत प्राप्त नहुने सम्भावना रहेको बताएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको आज विहिवार जनकपुरधाममा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस संसदमा ठुलो दल भएपनि वर्तमान निर्वाचन प्रणालीका कारण वहुमत ल्याउन नसेको बताए । नेपाली काँग्रेस र मधेश बीचको सम्वन्ध सेतुको रुपमा रहेको बताउदै सभापति देउवाले भने,‘ हामीले मधेशलाई विपन्न होईन, सम्पन्न मधेश बनाउन चाहेका छौ । त्यसकारण मधेशमा काँग्रेसलाई बलियो बनाउन साथिहरुले आ आफ्नो स्थानबाट जुट्नुपर्छ ।’
कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पुर्ण वहादुर खड्काले संघियता विरोधी उठने अवाज विरुद्ध मधेशले आन्दोलन गर्नुपर्ने बताए । संघियता कार्यान्वयको लागि चाहिने आवश्यक कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै उनले कसैले चाहिदैमा संघियता समाप्त नहुने दावि गरे ।
सोही कार्यक्रममा कानुन मन्त्री धनराज गुरुङ्गले संघियतासँग जोडिएका कानुन बनाउन ढिलाई भएको खण्डमा अध्यादेश मार्फत सो कानुनहरु ल्याउन सरकार तयार रहेको बताए ।
न्ेपाली काँग्रेसका महामन्त्री गंगन थापाले देशमा भष्टाचार, कुशासन बढी रहेकोले संघियता विरुद्ध अजाव चर्को हुदै गएको बताए ।
बढ्दै गएको विकृती र विसंगतिलाई समाप्त पार्न केहि महिनापछि काँग्रेस नेतृत्वमा गठन हुने सरकारले विद्यमान विकृति र विसंगतिलाई हटाएर देशमा सुशासन कायम गर्ने बताए । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेपनि सग्रम देशको नेतृत्व काँग्रेसले गरिरहेको उल्लेख गर्दै महामन्त्री थापाले भने,‘ ७ वटा प्रदेश मध्ये ४ वटा प्रदेशमा काँग्रेस नेतृत्वको सरकार छ, ३ सयभन्दा बढी स्थानीय तहमा काँग्रेसको नेतृत्व छ । त्यसकारण हामीले इमन्दारीपुर्वक काम गरिदियो भने २०८०मा जनता काँग्रेसलाई वहुमत दिन्छ ।’
कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महतले प्रदेश सरकारद्वारा गरिने विकास निर्माणको कार्यमा व्यापक भष्टाचारको जनगुनासो आउन थालेको यस प्रति जनताहरु खबरदारी गर्नुपर्ने बताए ।


नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवको सभापतितृत्वमा भएको कार्यक्रम दुई सम्म चल्लने छ । सम्मेलनमा ८ जिल्लाका ८ सय २५ प्रतिनिधी सहभागि भएको छ । सो सम्मेलनमा प्रस्तुत हुने राजनितिक, सांगठनिक र आर्थिक प्रतिवेदन संसोधनसहित पारित हुने मधेश प्रदेश सभापति यादवले बताए ।
यसैबीच, सम्मेलनमा काँग्रेसका नेता डा. शेखर कोईरालालाई आमन्त्रण गरिएपनि उनी अनुपस्थ्ति रहे ।
वरीयत्तालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र इतर समूहबीच विवाद भएपछि डा.कोइराला सम्मेलनमा अनुपस्थित भएका हुन् । हिजो बुधवार मधेश प्रदेश कार्यसमितिको वैठकमा कोईराला समुहले सभापति देउवापछि वरियतता क्रममा डा. शेखर कोईरालालाई दिनुपर्ने माग गरेका थिए । तर, मधेश प्रदेश सभापति कृष्ण यादवसहित संस्थापन पक्षधर नेताहरूले भने त्यसलाई अस्वीकार गरेपछि कोइराला सम्मेलनमै अनुपस्थित भएका हुन् । संस्थापन क्षतर समूहले कोइरालालाई उपसभापति पूर्णबहादुर खड्काभन्दा माथिको वरीयतामा राख्नुपर्ने अडान राखेका थिए ।
यस्तै, कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भने वरीयता नमिलाएको भन्दै मञ्चमा आशन ग्रहण गर्न अस्वीकार गरि दर्शकदीर्घामा बसेका थिए । मधेश सभापति यादवसहितले पटक–पटक मंचमा आउन निधिलाई आग्रह गरेपनि उनी दर्शकदीर्घामै बसिरहे ।
त्यसैगरि, डा. कोईराला गुटले सम्मेलनमा देउवा गुटको हालिमोहाली भएको भन्दै सभापति देउवालाई ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाली काँग्रेसका पुर्व मधेश प्रदेश सासद नरेश यादवको नेतृत्वको कार्यक्रम स्थलमै सभापति देउवालाई ज्ञापनपत्र बुझाईएको छ । प्रदेश सभापति कृष्ण प्रसाद यादवले एक्लौटी गरेको तथा उनले नेतृत्वको गरेको प्रदेशको भौतिक पुर्वाधार विकासमा पनि अनियमति हुने गरेकोले त्यसले पार्टीलाई बदनामी भईरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

 

सम्बन्धित खबर