जनकपुरधाम । मधेश प्रदेश सभाबाट गठन गरिएका विशेष छानबिन समितिले अर्थ मन्त्री संजय कुमार यादवसँग स्पष्टीकरण सोधने भएको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा प्रदेश सरकारले स्थानीय तहहरुमा पठाईएका विशेष, समपुरक लगायतका अनुदान तथा रकमान्तरमा अनियमतिता भएको भन्दै प्रदेश सभाबाट गठन गरिएको छानबिन समितिले अर्थ मन्त्री यादवलाई स्पष्टीकरण सोध्ने तयारी गरेका हो । समितिले छानबिनको क्रममा अर्थ मन्त्रालयबाट स्थानीय तहहरुलाई दिने विशेष अनुदान, समपुरक अनुदान, सर्सत अनुदानसहितका अनियमितता तथा कमिकजोरी पाईएकोले र सो विषयमा अर्थ मन्त्रीको धारणा आवश्यक रहेकोले स्ष्टीकरण लिने लागेको समितिका ंसंजोजक तथा लोसपाका सासद उपेन्द्र महतोले जानकारी दिए ।
उक्त समितिलाई गत मंसिर मसान्त भित्रै छानबिन गरि प्रतिवेदन प्रतिवेदन बुझाउन प्रदेश सभाले समय तोकेको थियो । तर अर्थ मन्त्री यादव अमेरिका भ्रमणमा गएकोले समितिले अहिले सम्म प्रतिवेदनलाई अन्तिम रुपम दिन नसकेको संंयोजक महतोले बताए ।
उनले भने,‘ हाम्रो छानबिन पुरा भईसकेको छ, तर अर्थ मन्त्रालयद्वारा गरिएको स्थानीय तहहरुमा पठार्ईएको विभिन्न अनुदानहरु तथा रकमान्तरमा अनियमितता देखिएको तथा प्रक्रिया पुरा नभएको जस्ता समस्याहरु पाईएको छ । त्यसकारण यस विषयमा अर्थ मन्त्रीसँग हामीले स्पष्टीकरण लिने तयारी गरेका छौ । अर्थ मन्त्री अमेरिका भ्रमण गएकोले ढिलाई भएको हो । अव उहाँ आईसक्नु भएको चाडै न उहाँसँग स्पष्टीकरण लिन्छौ । चित बुझदो जवाफ दिए ठिकै छ । नदिए सोही कुरा प्रतिवेदनमा उल्लेख गरेर सभालाई प्रतिवेदन बुझाउँछौ ।’ उनले यो विषयमा जनकार विज्ञको राखेर प्रतिवेदन तयारी गर्ने बताए ।
मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले रमकान्तर तथा कमिशन लिई योजनाहरु बजेटमा सावेश गरेको भनेर सासदहरुले प्रदेश सभाको वैठक अवरुद्ध देखि चर्को आलोचना गरेपछि गत असार २६ गतेको बसेको प्रदेश सभाको बैैठकले १० सदस्य विशेष छानबिन समिति गठन गरिएको थियो । उक्त समितिलाई भदौ मसान्त सम्म प्रतिवेदन बुझाउन समय तोकिएको थियो । तर उक्त समयमा केहि मन्त्रालय तथा मन्त्रीहरुले सहयोग गरेको कारण छानबिन पुरा हुन नसक्दा दोस्रो पटक मंसिरमा बसेको प्रदेश सभाको बैठकले समितिको म्याद मंसिर मसान्त सम्म थप गरिएको थियो ।
समितिका एक सदस्यका अनुसार समितिकै केहि सदस्य छानबिनमा अर्थ मन्त्री यादवबाट प्रभावित भई वास्तविकता भन्दा फरक किसिमको प्रतिवेदन तयारी गर्ने षडयन्त्रमा लागेको आरोप लगाए ।